अष्ट्रेलियामा एक नेपाली विद्यार्थी मृत फेला

रामेछाप खबर संवाददाता

३ माघ, काठमाडौं ।

अष्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन्। न्यु साउथ वेल्समा गैर आवासीय नेपाली संघले गोफण्डमिका अनुसार सुस्मिता कपाली नाम गरेकी नेपाली विद्यार्थी अष्ट्रेलियामा मृत फेला परेकी हुन्। उनको मृत्युको विषयमा अहिले न्यु साउथ वेल्सको प्रहरीले अनुसन्धान गरिरहेको छ।

उनी सन् २०२० को फेब्रुअरी महिनामा अध्ययनका लागि अष्ट्रेलिया पुगेकी थिइन्। नेपालको कीर्तिपुरमा घर भएकी उनको परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको नउनको शव नेपाल ल्याउन खर्च उठाइरहेका विक्रम दाहालले उल्लेख गरेका छन्। अहिलेसम्म उनको शव नेपाल ल्याउन १६ हजार अष्ट्रेलियन डलरभन्दा धेरै रकम संकलन भइसकेको छ।

१४ वर्षीया किशोरी बलात्कार आरोपमा बर्दियाबाट एक जना पक्राउ

बर्दियामा १४ वर्षीया किशोरी बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । आइतबार जिल्लाको गुलरिया नगरपालिका–६ खाजा घरमा १४ बर्षीया किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले जाजरकोटको शिवालय गाउँपालिका घर भएका ३० वर्षीय जनक शाहीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका शाहीलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि अदालतमा म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको जनाइएको छ ।