१६ महिने नाबालकको घाँटी रेटेर ह त्या

रामेछाप खबर संवाददाता

२८ पुस, काठमाडौं ।

स्याङजामा एक नाबालकको घाँटी रेटेर हत्या भएको छ । वालिङ १० भकुण्डेस्थित ठाडो लाइनमा डेरा बस्ने गुरुङ परिवारका अन्दाजी १६ महिनाको छोराको घाँटी रेटेर निर्ममतापूर्वक हत्या गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङजाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीका अनुसार वालिङ नगरपालिका–१०, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङका छोरा साइमन गुरुङको हत्या भएको हो । गुरुङकी ५ वर्षीया छोरी साइना पनि घाइते भएकी छन् ।

प्रहरीका जानकारी अनुसार पर्वत ५ पैयुँ घर भइ हाल सोही घरको अर्को कोठामा डेरा गरि बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङले हत्या गरेको खुलेको छ । हत्यामा संलग्न रहेको आरोपमा गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना कुन उद्देश्यले किन गराइएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बाँकेमा लागूऔषधसहित दुईजना पक्राउ

नेपालगञ्जको जमुनाह नाकामा जाँच गर्ने क्रममा प्रहरीले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका-७ बुटवल बस्ने २२ वर्षीय सिद्धार्थ पाण्डे र दाङको घोराही उपमहानगरपालिका–१३ बस्ने ३६ वर्षीय अरुण रोका मगर छन् ।

शंकास्पद अवस्थामा हिडिरहेको बेला दुईजनाको खानतलासी गर्ने क्रममा १६ ग्राम लागूऔषध ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइररहेको छ ।