नयाँ फिल्ममा काम गर्दै चर्चित र्‍यापर भिटेन

रामेछाप खबर संवाददाता

२८ पुस, काठमाडौं ।

चर्चित र्‍यापर भिटेनले नयाँ चलचित्रमा काम गर्ने भएका छन् । उनले दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा काम गर्ने पक्का भएको हो । दीपेन्द्र र भिटेन दुवैले चलचित्र साइन गरिसकेका छन् । यो चलचित्रलाई बुढासुब्बा ओेरिजिनलले निर्माण गर्नेछ । चलचित्रका निर्माता नवराज गिरी हुन् ।

निर्देशक खनालले चलचित्रको नाम ‘रत्नपार्क’ भने नभएको बताए । उनले अनलाइनखबरसँग भने, ‘मैले र भिटेनले चलचित्र साइन गरिसकेका छौं । तर, यो चलचित्रको नाम रत्नपार्क भने होइन ।’ भिटेनले यसअघि बुढासुब्बाकै ब्यानरमा बन्ने चलचित्र ‘रत्नपार्क’ नामक चलचित्र साइन गरेका थिए । चलचित्रको कथा दीपेन्द्र आफैंले नै लेखिरहेका छन् । निर्मात्री शर्मिला पाण्डेसँग निरन्तर काम गरेका दीपेन्द्रले अब नयाँ निर्मातासँग सहकार्य गर्न लागेका छन् ।

छोटो भूमिकामै अजयलाई ३५ करोड, आलियालाई ९ करोड

बलिउड अभिनेता अजय देवगनले दक्षिण भारतीय फिल्म आर आर आरबाट ३५ करोड पारिश्रमिक पाएका छन् । यो फिल्ममा उनी तेश्रो भूमिकामा छन् । फिल्मका मुख्य नायक दक्षिण भारतीय स्टारहरु एनटिआर जुनियर र रामचरण हुन । यो फिल्ममा अभिनेता अक्षय कुमार अतिथि जस्तो भूमिकामा छन् । अतिथि भन्दा केही ठुलो भूमिकाको लागि उनले आर आर आरबाट ३५ करोड भारतीय रुपैयाँ पाएका छन् ।

भारतको अहिलेसम्मकै महँगो फिल्म भनिएको आर आर आर यो साता रिलिज हुन सकेन । तर बाहुबली जस्तो प्रभावशाली फिल्म बनाएका दक्षिण भारतीय निर्देशक एस एस राजामौलीले यो फिल्मको रिलिज केही समयको लागि स्थागित गरेका छन् । तर उनले कलाकारहरुको पारिश्रमिक भने चुक्ता गरेका छन् । फिल्म रिलिजको पूर्व सन्ध्यामा पारिश्रमिक चुक्ता गर्ने नियम अनुसार उनले पारिश्रमिक दिएका हुन् । तर कोरोनाको महामारीका कारण जनवरीको पहिलो साता यो फिल्म रिलिज हुन सकेन ।

अजय देवगन मात्र हैन, यो फिल्मबाट अभिनेत्री आलिया भट्टले पनि राम्रो पारिश्रमिक पाएकी छिन् । अजयको भन्दा आलियाको केही लामो अर्थात २० मिनटको भूमिका रहेको छ । उनले यो फिल्मबाट ९ करोड भारतीय रुपैयाँ पारिश्रमिक पाएकी छिन् । बलिउडको तुलनामा उनको लागि यो राम्रो पारिश्रमिक हो । यी कलाकार बलिउडका स्टार भएको कारण पनि दुबैलाई राजामौलीले राम्रो पारिश्रमिक दिएको बताइएको छ ।