आज कुन देशको विदेशी मुद्रा बिक्री विनिमयदर कति ?

रामेछाप खबर संवाददाता

२८ पुस, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज बुधबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य ११७ रुपैयाँ ९६ पैसा र बिक्रीमूल्य ११८ रुपैयाँ ५६ पैसा, युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४४ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८४ रुपैयाँ ७९ पैसा र बिक्रीमूल्य ८५ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९३ ३४ पैसा र बिक्रीदर ९३ रुपैयाँ ८१ पैसा र सिङ्गापुरे डलर एकको खरिददर ८७ रुपैयाँ २२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७७ पैसा रहेको छ ।

त्यस्तै, जापानी येन १० को खरिदमूल्य १० रुपैयाँ २२ पैसा र बिक्रीमूल्य १० रुपैयाँ २८ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३२ रुपैयाँ ४० पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

आगामी तीन दिनको मौसम : देशभर सामान्य बदली, हिमपात कायमै रहने

देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ र प्रदेश २ लगायत पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। त्यस्तै सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

भोलि बिहीबार पनि देशभर आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ। अपराह्न पछाडि प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै पर्सि शुक्रबारसमेत देशभर आंशिक बदली रहने अनुमान छ। अपराह्न पछाडि प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा फाटफुट/हल्का हिमपातको सम्भावना रहेको छ ।