कोरोनाको हटस्पट बन्यो काठमाडौं उपत्यका, २४ घण्टामा दोब्बरले बढ्यो कोरोना

रामेछाप खबर संवाददाता

२७ पुस, काठमाडौं ।

नेपालमा कोरोना कोरोनाभाइरसबाट संक्रमितको संख्या पछिल्लो २४ घण्टामा झण्डै दोब्बरले बढेको छ । स्वास्थ्य मन्त्रालयले देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको हो । हटस्पट बन्यो काठमाडौं उपत्यका कोरोना संक्रमणको, संक्रमितको कुल ५० प्रतिशत उपत्यकामा

विगत २४ द्दण्टामा १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ५२२ पुगेको छ । यही अवधिमा थप ३१३ जना निको पनि भएका छन् ।

हालसम्म देशमा कूल सङ्क्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १ जनाको निधन भएको छ । हालसम्म देशमा ११ हजार ६०७ जनाले ज्यान गुमाइसकेका छन् ।

मेडिकल शुल्कबारे गृह मन्त्रीको ध्यानाकर्षण

गृहमन्त्री बालकृष्ण खाँणले विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा मेडिकल कलेजले लिएको शुल्कका सम्बन्धमा गराएको ध्यानाकर्षणलाई आफूले गम्भीरतापूर्वक लिएको बताउनुभएको छ ।

सात विद्यार्थी सङ्गठनले आज मन्त्रालयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री खाँणले यस सम्बन्धमा परामर्श गरेर अघि बढ्ने आश्वासन दिनुभएको छ । ध्यानाकर्षणपत्र बुझाउनेमा नेपाल विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैठौँलगायत विद्यार्थी सङ्गठन थिए । मन्त्री खाँणले शिक्षा मन्त्रालयमार्फत यो विषय आएमा आफूलाई सहज हुने र शिक्षा मन्त्रीलाई पनि ध्यानाकर्षण गराउन आग्रह गर्नुभएको थियो ।

विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा नोबेल मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज, मणिपाल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएर ज्याजति गरेको भन्दै छानबिन गरी दोषी भेटिए कारबाही गर्न माग गरेका छन् ।