काठमाडौंमा केके गर्न पाईने केके नपाइने ? यस्तो छ प्रशासनको आदेश

रामेछाप खबर संवाददाता

२७ पुस, काठमाडौं ।

होटल तथा रेष्टुरेन्ट प्रवेश गर्नलाई कोभिडविरुद्धको खोप कार्ड देखाउनुपर्ने आदेश काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ। मंगलबार आदेश जारी गर्दै कार्यालयले होटल, रेष्टुरेन्टमा जान पूर्ण खोप कार्ड अनिवार्य गरेको हो। आदेशअनुसार होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, एयरपोर्ट, पार्क आदिमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य चाहिने छ।

पूर्ण खोप लगाएको कार्डको फोटो भए पनि हुने प्रशासनले जनाएको छ। प्रशासनले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सार्वजनिक स्थलहरूमा कडाइ गर्नेक्रममा मंगलबार यस्तो निर्णय गरेको हो। तेस्रो लहर सुरू हुनै लाग्दा त्यसको रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसेको थियो।

यस्तो छ जिप्रका काठमाडौंको आदेश