काठमाडौंमा प्रशासनले जारि गर्यो यस्तो सुचना, अब के होला ?

रामेछाप खबर संवाददाता

२७ पुस, काठमाडौं ।

काठमाडौं उपत्यकाका तीनवटा जिल्लाका सीडीओहरुको बैठकले उपत्यकामा सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। मंगलबार बसेको उपत्यकका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार बैठकले सार्वजनिकस्थलमा २५ जना बढी मानिस भेला हुन रोक लगाउने निर्णय गरेको हो। उनले अन्नपूर्णसँग भने,’ गृहमन्त्रालयको निर्देशनलाई कार्यान्वयन गर्छौं। सार्वजनिक स्थलमा भेला हुन पाइदैन। निर्णयको सूचना केहीबेरमा सार्वजनिक गर्छौं।’

यसअघि सोमबार गृहमन्त्रालयले सार्वजनिक स्थलमा २५ जना बढी भेला हुन नपाइने भन्दै सम्बन्धित जिल्ला प्रशासनलाई परिपत्र पठाएको थियो। नेपालमा पछिल्लो समय कोरोना संक्रमण तीव्ररुपमा फैलिएको छ। सोमबार मात्र १४ सय बढीमा संक्रमण पुष्टि भएको थियो। कोरोनासँगै नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पनि देखिएको छ। हालसम्म २७ जनामा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ।

पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसका रूपमा मनाउन आन्दोलन गर्छौं : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई आन्दोलन को रूपमा अघि बढाउने बताएका छन् ।

मंगलबार काठमाडौंको सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै लिङ्देनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राज्यले उपेक्षा गरेको भन्दै अर्को वर्ष राष्ट्रिय दिवसका रूपमा मनाउन आन्दोलन अघि बढ्ने बताएका हुन् ।

पृथ्वीनारायण शाहले नेपाली नाम र पहिचान दिएकै कारण नेपाल रहेको तथा नेपालभित्र राष्ट्रपति र प्रधानमन्त्री रहेको भन्दै उनले राष्ट्रनिर्माताको सम्मान गर्नु सबैको कर्तव्य भएको बताए । उनले अहिलेको पुस्ताले पृथ्वीनारायण शाहको योगदानलाई बिर्सन नहुने पनि बताए ।