‘पुष्पा’ ब्लकबस्टर भएपछि रश्मिकाले बढाइन् पारिश्रमिक, कति लिन्छिन ?

रामेछाप खबर संवाददाता

२७ पुस, काठमाडौं ।

साउथ चलचित्र ‘पुष्पा’ बक्स अफिसमा ब्लकबस्टर भएसँगै अभिनेत्री रश्मिका मन्दनाको क्रेज चुलिएको छ । ‘पुष्पा’ले हिन्दी भर्सनमा समेत बम्पर कमाइ गरेपछि रश्मिका उत्साहित छिन् ।

लकडाउनपछिकै सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा परेको ‘पुष्पा’की यी नायिकाले अब पारिश्रमिक पनि बढाएकी छन् । यो चलचित्रको निर्माणपक्ष केही महिनापछि सिक्वेलको छायांकन शुरु गर्ने तयारीमा छ । ‘पुष्पा’को सिक्वेलमा पनि अल्लु अर्जुन र रश्मिकाकै मुख्य भूमिका रहनेछ ।

यो चलचित्रका लागि रश्मिकाले ५० प्रतिशत बढी पारिश्रमिक मागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ‘पुष्पा’मा उनले २ करोड भारु पारिश्रमिक लिएकी थिइन् । तर, अब उनले ‘पुष्पा’को सिक्वेलका लागि ३ करोड पारिश्रमिक मागेको समाचारमा जनाइएको छ ।

केही बलिउड चलचित्रमा समेत काम गरिसकेकी रश्मिका चलचित्र हिट भएपछि पारिश्रमिक बढाउने पहिलो अभिनेत्री भने होइनन् । यसअघि बलिउड अभिनेत्रीहरु दीपिका पादुकोण, कंगना रनावतका अभिनेता कार्तिक आर्यन, साउथ स्टार यश लगायतले पनि सिक्वेलका लागि महंगो पारिश्रमिक बुझेका थिए ।

ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानलाई ओमिक्रोन संक्रमण

बलिउड नायक ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानलाई कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ। खानले आफू ओमिक्रोन भेरियन्टबाट संक्रमित भएको सामाजिक सञ्जालबाट जानकारी गराएकी छिन्।

सुजैनले इन्स्टाग्राममा पोस्ट सेयर गर्दै लेखेकी छिन्, ‘कोभिड-१९ लाई विजयी प्राप्त गरेको दुई वर्षपछि यो जिद्दी ओमिक्रोन भेरियन्टले मेरो रोग प्रतिरोधात्मक क्षमतालाई नष्ट गरिदियो।’

‘सोमबार राती मेरो टेस्ट पोजेटिभ आयो। कृपया सुरक्षित रहनुहोस् र आफ्नो ख्याल राख्नुहोस्। यो धेरै संक्रामक छ,’ उनले इन्स्टाग्राममा लेखेकी छिन्। सुजैनको यो पोस्टमा उनका साथी र फ्यानले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।