सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण, उनी अब कति समयसम्म बाँच्छन?

रामेछाप खबर संवाददाता

२७ पुस, काठमाडौं ।

अमेरिकाका एक मानिसमा सुँगुरको मुटु प्रत्यारोपण भएको छ । डेभिड बेन्नेट नाम गरेका अमेरिकी नागरिकमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण भएको हो । वंशानुगत रुपमा परिवर्तन गरेको सुँगुरबाट मुटु प्रत्यारोपण गर्ने उनी पहिलो व्यक्ति हुन् ।

प्रत्यारोपणपछि उनको स्वास्थ्य अवस्था सामान्य छ । बाल्टीमोरको एक अस्पतालमा सात घन्टा लामो शल्यक्रियापछि प्रत्यारोपण सफल भएको हो ।प्रत्यारोपणलाई बेन्नेटको जीवन बचाउने अन्तिम प्रयासका रुपमा लिइएको छ । उनी अब कति समयसम्म बाँच्छन भन्ने केही प्रष्ट गरिएको छैन्।

‘मर्नु वा प्रत्यारोपण गर्नु बाहेक अर्को विकल्प थिएन,’ शल्यक्रियाअघि बेन्नेटनले भनेका थिए, ‘अवश्य पनि यो अध्याँरोमा गोली हान्नु थियो । तर मैले अन्तिम विकल्प रोजे । ’

शल्यक्रिया पुरा गर्न युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरका चिकित्सकहरुलाई अमेरिकी मेडिकल नियामक निकायले एउटा विशेष छुट दिएको थियो, ताकी बेन्निट बाँच्न सकून । उनको स्वास्थ्य अवस्था कमजोर भएकोले उनलाई मानव अंग प्रत्यारोपण गर्न असम्भव देखिएको थियो ।

प्रत्यारोपणमा सफलतासँगै वर्षौंसँग त्यसबारे अध्ययन गरेका मेडिकल टिममा थप हौसला बढेको छ र यसले विश्वभर मानिसहरुको जीवनलाई परिवर्तन गर्न सक्ने विश्वास गरिएको छ ।

उत्तर कोरियाले ६ दिन भित्रमै अर्को संदिग्ध ब्यालेस्टिक मिसाइल हान्यो

उत्तर एक पटक फेरि संदिग्ध ब्यालेस्टिक मिसाइल हानेको छ । यस अघि गत हप्ता पनि उसले एउटा मिसाइल हानेको थियो जुन मिसाइल उसले हाइपरसोनिक भएको दावी गरेको थियो ।

दक्षिण कोरियाले बताएअनुसार मंगलबार स्थानीय समयअनुसार बिहान ७ बजेर २७ मिनेटमा यो मिसाइल हानिएको हो । जापानको कोस्ट गार्डले पनि यसको पुष्टि गरेको छ र उत्तर कोरियाले ‘ब्यालेस्टिक मिसाइल जस्तै कुनै चिज’ हानेको बताएको छ । यो घटना यस्तो समयमा भएको छ जब हालै ६ देशहरुले उत्तर कोरियालाई ‘अस्थिरताको कारवाही’ रोक्न भनेका थिए ।

दक्षिण कोरियाका ज्वाइन्ट चीफ अफ स्टाफले भनेका छन् ‘हाम्रो सेनालाई एक संदिग्ध ब्यालेस्टिक मिसाइलको बारेमा जानकारी प्राप्त भएको छ जो उत्तर कोरियाको जमिनबाट पूर्व सागरमा हानिएको छ ।’ उनका अनुसार उत्तर कोरिया र अमेरिकाका खुफिया एजेन्सीहरुले यस विषयमा विस्तृत विश्लेषण गरिरहेका छन् ।

हालका दिनमा भएका परिवर्तनले उत्तर कोरियाका नेता किम जोंग उनको संकल्पलाई देखाइरहेका छन् । उनले डिसेम्बरमा एक बैठकमा भनेका थिए कि २०२२ मा राष्ट्रको सुरक्षा उनको प्राथमिकतामा रहनेछ । संयुक्त राष्ट्रसंघमा सोमबार अमेरिका, फ्रान्स, आयरल्याण्ड, जापान, बेलायत र अल्बानियाले संयुक्त रुपमा बयान जारी गर्दै गत हप्ता भएको परीक्षणको निन्दा गरेका थिए ।