प्रधानमन्त्री देउवा आइतबार भारत भ्रमणमा जादै, केके छन कार्यक्रम ?

रामेछाप खबर संवाददाता

२१ पुस, काठमाडौं ।

आगामी पुष २५ गते आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २५ देखि २७ गते सम्मका लागि प्रधानमन्त्री देउवाको भारत भ्रमण अनुमोदन गरेको हो ।

२५ सदस्यीय टोलीमा प्रधानमन्त्री देउवासहित २५ जना हुने बताइएको छ भने टोली सोमबार गुजरातमा सुरु हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुने बताइएको छ ।

चार दिने भ्रमणका लागि निस्कन लागेका प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतबाट जीटुजीमार्फत मल खरिद गर्न सम्झौता गर्ने निर्णय पनि गरेको छ । भारत सरकारसँग मल खरिदका लागि पाँच वर्षका लागि सम्झौता गर्नेगरी निर्णय भएको बताइएको छ ।

पहिलो वर्ष डेढ लाख मेट्रिकटन मल खरिद हुने भनिएको छ भने त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जानेगरी सम्झौता हुन लागेको बताइएको छ । प्रधानमन्त्री देउवा भारत भ्रमणकै समयमा यस विषयमा सचिवस्तरीय सम्झौतापत्रमा हस्ताक्षर हुने बताइएको छ

गठबन्धनले निरन्तरता पाउनेछः अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अरू निर्वाचनहरुमा समेत निरन्तरता पाउने बताउनुभएको छ ।

नेकपा एमाले शङ्करापुर–२ मा आज आयोजित कार्यक्रममा उहाँले गठबन्धनका दलहरुबीच आगामी सबै निर्वाचनमा मिलेर जाने गरी कुराकानी भइरहेको बताउनुभएको हो ।

अध्यक्ष नेपालले नेपाली कांग्रेस र नेकपा माओवादी (केन्द्र) पनि मिलेर जान सहमत रहेको उल्लेख गर्दै आफ्नो पार्टीमा प्रवेशको लहर चलेको र कतिपय दलहरु समाहित हुन आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ठूलो सङ्ख्यामा सङ्गठित सदस्य रहेका दलहरु पनि समाहित भइरहेका छन् ।”

अध्यक्ष नेपालले आफू निर्वाचित हुँदा र नहुँदा दुवै अवस्थामा आफूले काठमाडौँ क्षेत्र नं २ को विकासमा चासो र अग्रसरता लिँदै आएको बताउँदै काठमाडौँ जिल्ला भए पनि कर्णालीका रुपमा रहेको शङ्खरापुर–२ मा सडकलगायत पूर्वाधार निर्माणमा आफूले अग्रसरता लिँदै आएको दाबी गर्नुभयो ।

“आफ्नो क्षेत्रमा कोटेश्वरदेखि लिएर भक्तपुर सिन्धुपाल्चोकको सीमासम्म र विकसितदेखि अविकसित ठाउँसम्म रहेको छ”, उहाँले भन्नुभयो, “त्यस क्षेत्रमा सडक, पार्क, विद्यालय भवनलगायत पूर्वाधार निर्माणमा आफ्नो सहयोग निरन्तर रहनेछ ।”

सो कार्यक्रममा उहाँले नेकपा एमाले शङ्करापुर–२ का वडा सचिव सोमबहादुर (सुमन) लामा लगायतलाई पार्टी प्रवेश गराउनुभएको थियो ।