दिल्लीमा साताको दुई दिन कर्फ्यु घोषणा, मुम्बइमा पूर्ण लकडाउन हुँदै

रामेछाप खबर संवाददाता

२० पुस, नयाँ दिल्ली ।

कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण अत्यधिक हुन थालेपछि भारतमा उच्च सतर्कता अपौना थालिएको छ । संक्रमण व्यापक वृद्धि भएपछि भारतको राजधानी नयाँ दिल्लीमा सप्ताहन्तमा कर्फ्यु लागू हुने भएको छ ।

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई समेत संक्रमण भएपछि आज बसेको दिल्ली विपत संकट व्यवस्थापन केन्द्रको बैठकले शनिबार र आइतबार कर्र्फ्यू लागू गर्ने निर्णय गरेको संचारमाध्यमले जनाएका छन् ।

दिल्ली विपत संकट व्यवस्थापन केन्द्रले कोरोनालाई लिएर नयाँ मापदण्ड पनि जारी गरेको छ । यसरी पनि संक्रमण नियन्त्रणमा नआए पूर्णरूपमा कर्फ्यु लगाउने तयारी गरिएको छ ।

मुम्बइमा भने दैनिक २० हजारभन्दा बढी संक्रमण भएको खण्डमा लकडाउन घोषणा गरिने मुम्बइकी मेयर किशोरी पेड्नेकरले बताएकी छिन् । उनले लकडाउनसहितका नयाँ गाइडलाइनको तयारी भैरहकेो जनाएकी छिन् ।

पछिल्लो २४ घण्टामा भारतभर ३७ हजार ३७९ संक्रमित थपिएका छन् । थप १२४ जनाको मृत्यु भएको छ ।