मलेसियामा जनवरी १ देखी यस्ता ब्यक्तिहरु मात्र जान पाउने !

रामेछाप खबर संवाददाता

६ पुस, काठमाडौं ।

मलेसियाले अन्तर्राष्ट्रिय पर्यटकका लागि जनवरी १ देखि बोर्डर खुला गर्ने भएको छ । पर्यटक क्षेत्र एकदमै सुस्ताएको भन्दै यसलाई अघि बढाउन मलेसियाले विभिन्न मापदण्डसहित पर्यटकका लागि खुला गर्न लागिएको खबरमा उल्लेख छ ।

कोरोना सङ्क्र-मण दर घट्दै जाँदा खाडीका देशहरूले पनि कोरोना सङ्क्र-मण रोकथामका लागि लगाएको प्रतिबन्ध खुकुलो बनाउँदै लगेका छन् । कोरोना स-ङ्क्रमण रोकथामका लागि लगाएको प्र-तिबन्ध खुकुलो बनाउँदै मलेसियाले १ जनवरी २०२२ देखि विदेशी पर्यटकका लागि आफ्नो अन्तर्राष्ट्रिय बोर्डर खुला गर्ने खबर द स्टारले लेखेको छ ।

कोरोना म-हामारी रो-कथामका लागि लगाइएको प्र+तिबन्धका कारण अन्तर्राष्ट्रिय यात्रामा प्र-तिबन्ध लगाउँदा त्यसको असर पर्यटन क्षेत्रमा परेको मलेसियाको ठहर छ ।
महामारीपछि पर्यटकका लागि मलेसियाले आफ्नो बोर्डर खुला गर्ने निर्णय गरे पनि विदेशी कामदार लिनेबारे भने मलेसियाले औपचारिक रूपमा कुनै निर्णय गरिसकेको छैन ।

कतार प्रहरीमा नेपालीहरु जान पाउछन, अवसर गुम्न दिन्नँ : श्रममन्त्री श्रेष्ठ

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल(कतार संयुक्त कार्यसमिति वैठकको तयारीबारे सरोकारवालाहरुसँग छलफल गरेका छन्। शुक्रबार काठमाडौंमा भएको छलफलमा मन्त्रालयका अधिकारीहरुका साथै वैदेशिक श्रमसम्बन्धी विज्ञ र वैदेशिक रोजगार व्यवसायीहरुको सहभागिता थियो।

कार्यक्रममा वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारहरूको हितबारे छलफल भयो। मन्त्री श्रेष्ठले विदेशमा श्रम गरेर फर्किसकेपछि त्यहाँ जानेको सीपको बजार सुनिश्चित गर्न पुनर्एकीकरण योजना सरकारको प्राथमिकतामा रहेको बताए।

वैदेशिक रोजगार व्यवसायीहरु बीच अस्वस्थ प्रतिस्पर्धा देखिएको भन्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार सम्बन्धी कानुनको कडाइका साथ कार्यन्वयन गरिने बताए। उनले भिजिट भिषामा नेपालीलाई विदेश पठाउन सहयोग गर्ने म्यानपावर कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिए।

कतार प्रहरीमा रोजगारीका लागि नेपालीलाई आएको अवसर गुम्न नदिने उनले बताए। वैदेशिक रोजगारका लागि दक्ष जनशक्ति उत्पादनका लागि तालिम केन्द्रको बिकेन्द्रिकरण, कतार भिसा सेन्टर सम्बन्धी कार्यको व्यवस्थापन, विभिन्न समस्या, मृत्यु, घाइते, अंगभंग भएर पीडित हुनेहरुलाई न्यायमा पहुँच सुनिश्चित गर्नुपर्ने आबश्यकता औँल्याए।

साथै उद्धारका लागि संयन्त्र स्थापनाका बिषयमा सरोकारबालाहरुले ध्यानाकर्षण गराए। हाल कतारमा साढे तीन लाखभन्दा धेरै नेपाली कामदार रहेका छन् । सेतोपाटी बाट