रामेछापका बसन्त भक्तपुरमा झुण्डिएको अवस्थामा फेला

रामेछाप खबर संवाददाता

६ पुस, काठमाडौं ।

सांकेतिक तस्बिर
भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका– ९ ताथलीस्थित एक घरमा सोमबार राति एक पुरुष झुण्डिएको अवस्थामा फेला परेका छन्। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार रामेछापको लिखु गाउँपालिका ४ स्थायी घर भएका ४० वर्षीय बसन्त बस्नेत झुण्डिएर मृत अवस्थामा फेला परेका हुन्।

उनी ताथलीस्थित धाराकुलोमा निर्माण गरिएको आफ्नै घरको दोस्रो तलामा भ¥याङ छोप्न बनाइएको जस्ताको छानामा रहेको बाँसको बलोमा सलको पासो लगाई झुण्डिएको अवस्था फेला परेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

बस्नेतले झुण्डिएर आत्महत्या गरेका छन् भन्ने सूचना प्राप्त हुनासाथ घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिएको उनले बताए। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको परिसरले जनाएको छ।

लागुऔषधसहित तीनजना पक्राउ

कञ्चनपुर । पुर्नवास नरपालिका–४ कार्गिलडाँडाबाट सशस्त्र प्रहरीले लागुऔषधसहित तीन जनालाई आज बिहान पक्राउ गरेको छ । लागुऔषधसहित भारतबाट से३प ७५२५ नंको मोटरसाइकलमा सवार लालझाडी गाउँपालिका–१ बिनाबारीका १९ वर्षीय अनिल राना, २० वर्षीय रवीन्द्र वडायक र २३ वर्षीय नरेश रानालाई गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ परेकाहरुको साथबाट नेट्राभेट १० नामक लागुऔषध ट्याबलेट १३ थान, नेपाली रुपैयाँ ३५० र मोबाइल तीन थान बरामद गरिएको छ । बरामद लागुऔषध, नगद रकम, मोबाइल, मोटरसाइकलसहित तीनै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा बुझाइएको छ ।