नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी, थप विवरण आउन बाँकी

रामेछाप खबर संवाददाता

५ पुस, काठमाडौं ।

नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेकस्को भवनमा आगलागी भएको छ। इन्द्रेणी स्वीटस् होटल, इन्द्रेणी फुडल्याण्डलगायत उक्त भवनमा रहेको छ। भवनको माथिल्लो तलामा भर्खरै आगलागी भएको हो। भवनको अन्तिम तलाको अगाडि र पछाडिको भागबाटै धुवाँको मुस्लो निस्किरहेको छ।

घटनास्थलमा अहिलसम्म दमकल आइपुगेको छैन। त्यहाँ कार्यरत कर्मचारीहरु बाहिर निस्किएका छन्। आगलागीको थप विवरण आउन बाँकी छ।

माधव नेपाललाई देख्यो कि कार्यक्रममा जानै छोडे ओली : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओली अहिलेपनि प्रतिगमनकै बाटोमा रहेको बताएका छन् । समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

‘ संविधानको धारा ७६(५) मा ह्वीप लाग्दैन भन्ने अदालतको फैसला रहेको, सभामुखले १५ दिनभित्र लिनुपर्ने निर्णय गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘तर माधव नेपाललाई देख्यो कि कार्यक्रममै नजाने गर्नु भएको छ। योभन्दा अराजनीतिक, अलोकतान्त्रिक र निरंकुश चरित्र केही हुन्छ ?’

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन कमजोर हुन नदिने विश्वास दिलाएको बताए। उनले भने,’ ‘प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन कमजोर हुन नदिने विश्वास दिलाउनु भएको छ, गठबन्धनलाई अझ बलियो बनाएर निर्णायक ढंगले परास्त गर्ने गरी प्रस्तुत हुन्छौं।’