खुला महिला केन्द्रीय सदस्य : १६ सय मत गन्दा आरजु तेस्रो स्थानमा, कसको कति मत ?

रामेछाप खबर संवाददाता

५ पुस, काठमाडौं ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ । १६ सय मत गन्दा खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डिला संग्रौला हुनुहुन्छ । पुष्पा भुषाल दोस्रो तथा डा. आरजू राणा देउवा तेस्रो नम्बरमा हुनुहुन्छ ।

संग्रौलाले एक हजार १४, दोस्रो स्थानमा रहनुभएकी पुष्पा भुषालले ९ सय ७०, आरजूले ९ सय १, चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले ८ सय ११, पाँचौं स्थानमा रहेकी ईश्वरी न्यौपानेले ७ सय ८६ र छैटौं स्थानमा रहेकी सरिता प्रसाईले ७ सय ६८ मत पाएका छन् । खुला ९ जनाको लागि ३० जना उम्मेदवारबीच भिडन्त भइरहेको छ ।

समाजको सकारात्मक परिवर्तनका लागि सबैले उच्च शिक्षा पाउनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई राष्ट्र र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताएका छन् ।

सोमवार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहमा बाल्दै प्रधानमन्त्री देउवाले सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई राष्ट्र र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताएका हुन् । उनले सरकारको पनि आर्थिक स्तर बढी भएका व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यता रहेको भन्दै राष्ट्रको उन्नती र समग्र समाजको सकारात्मक परिवर्तनका लागि सबैले उच्च शिक्षा पाउनुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले आजको प्रतिष्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युग सापेक्ष शिक्षा तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक रहेको बताए । उनले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन र मुलुकको अर्थतन्त्रलाई तीव्र रुपमा रुपान्तरण गर्न सिर्जनात्मक र प्रवर्तनशील युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्तिको उत्पादन विश्वविद्यालयले गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री देउवाले भने, ‘विद्यार्थी कल्याण सम्बन्धी कार्यहरु बिस्तार र विश्वका अन्य प्रतिष्ठित विश्व विद्यालयहरुसँग सहकार्य गर्दै आफ्नो स्तरोन्नती गर्ने गरी यसलाई निरन्तरता दिनुपर्दछ । विश्वविद्यालयको स्तर उँचो बनाउन सम्पूर्ण पदाधिकारी, प्राध्यापक, विद्यार्थीहरुसँग सहकार्यको आवश्यक पर्दछ ।
विश्वविद्यालयको शिक्षा केवल औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यवहारिक, जीवनोपयोगी समाजको विकास, रुपान्तरणमा सहयोगी हुनुपर्दछ । मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ, बनाउन र मुलुकको अर्थतन्त्रलाई तीव्र रुपमा रुपान्तरण गर्न सिर्जनात्मक र प्रवर्तनशील युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्तिको उत्पादन हुनुपर्दछ ।

आजको प्रतिष्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युग सापेक्ष शिक्षा तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक छ । शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नती र समग्र समाजको सकारात्मक परिवर्तनका लागि हुनुपर्छ र यस्तो शिक्षा प्राप्त गर्ने अवसर सबैलाई समान रुपमा हुनुपर्दछ । विद्यार्थीले सिकेको ज्ञान सिर्जनात्मक ढंगले प्रयोग गर्न सबैलाई आवश्यक वातावरण सिर्जना गरिनेछ । सरकारको पनि आर्थिक स्तरमाथि भएका व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यता छ । समाजका सबै वर्ग, समुदायले सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा र सिर्जना राष्ट्र, समाजमा उपयोग गर्नसक्ने वातावरण तयार गर्ने हाम्रो आजको राष्ट्रिय दायित्व हो ।’

प्रधानमन्त्री देउवाले विश्वविद्यालयले विद्यार्थी कल्याण सम्बन्धी कार्यहरु बिस्तार र विश्वका अन्य प्रतिष्ठित विश्व विद्यालयहरुसँग सहकार्य गर्दै आफ्नो स्तरोन्नती गर्ने गरी निरन्तरता दिनुपर्ने बताए । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले २९ हजार ७२९ जना विद्यार्थीहरुलाई दीक्षित गरेका हुन् ।