दुखद खबर : मलेसियामा बाढीको बितण्ड, हजारौँ मानिस विस्थापित,कामदारलाई सुरक्षित रहन आग्रह

रामेछाप खबर संवाददाता

५ पुस, काठमाडौं ।

मलेसियामा बाढीका कारण धेरै नागरिक प्रभावित भएका छन् । यहाँको सरकारी प्रकोप नियन्त्रण विभागले दिएको जानकारीअनुसार मलेसियाका कम्तीमा पनि ३५ हजार जना बाढीबाट विस्थापित भएका छन् । मलेसियामा केही दिनदेखि निरन्तर रुपमा वर्षा भएको छ । वर्षाका कारण उत्पन्न भएको बाढी र पहिरोबाट ठूलो संख्याका नागरिक विस्थापित भएका बताइएको हो ।

यहाँको पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । यसबाट यहाँका धेरैजसो नागरिकहरु प्रभावित भएका बताइएको छ ।यहाँका करिब सात ओटा प्रान्त बाढीबाट प्रभावित भएका बताइएको छ । राजधानी क्वालालम्पुरमा पनि बाढीको प्रकोप बढ्दो मात्रामा देखिएको छ । राजधानी क्लालालम्पुरको बाहिरी क्षेत्रका हजारौँ व्यक्ति विस्थपित हुन पुगेका पनि यहाँका अधिकारीहरुले जनाएका छन् ।

मलेसियाको मौसम विभागले यहाँका कैयौँ राज्यमा अझै पनि वर्षा जारी रहने भन्दै सतर्क रहन सूचना जारी गरेको छ । नागरिकहरुलाई यसका लागि सतर्कता अपनाउन भनिएको छ ।

चीनकी टेनिस खेलाडी पङ श्वाईले बयान फिर्ता लिएपछि

चीनकी टेनिस स्टार पङ श्वाईले आफूमाथिको यौन उत्पीडनको कुरा नगरेको सिंगापुरको एक पत्रिकालाई बताएकी छन् । गत नोभेम्बर महिनामा आफ्नो वेबो अकाउन्टमा उनले चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व शीर्ष नेतामाथि यौन शोषणको आरोप लगाएकी थिइन् । पङले भनिन्, ‘म महत्त्वपूर्ण कुरा भन्न खोज्दैछु । मलाई कसैले यौन शोषण गरेको भनेर कहिल्यै लेखेको छैन । म यो स्पष्ट पार्न चाहन्छु ।’

पूर्व उपप्रधानमन्त्री चाङ गाओलीविरुद्ध पङले यौन शोषणको आरोप लगाएपछि केही दिन गायब भएकी थिइन् । त्यसपछि उनको अवस्थाको चिन्ता व्यक्त गर्दै संसारभरि हलचल भएको थियो ।

पङको अवस्थाका बारेमा चीन सरकारले सन्तोषजनक जवाफ नदिएकाले वीमेन्स टेनिस एसोसिएसनले चीनमा हुने आगामी टुर्नामेन्ट रद्द गरेको थियो । तर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पङको अवस्था सामान्य रहेको बताएको थियो । अहिले पङले सरकारको दबाबमा बयान फिर्ता लिएको बताइँदैछ ।