सुनको भाउ आकासियो, आज एक तोलाको कति पर्छ ?

रामेछाप खबर संवाददाता

५ पुस, काठमाडौं ।

सोमबार नेपाली बजारमा सुनको भाउ बृद्धि भएको छ भने चाँदीको भाउ भने स्थिर रहेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको हो । आइतबार ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ९३ हजार ८०० रुपैयाँ पुगेको छ ।

यसैगरी तेजावी सुन ९३ हजार १०० रुपैयाँमा कारोबार थियो भने आज ९२ हजार ३०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । यता, चाँदीको भाउ भने हिजोकै मूल्यमा अर्थात एक हजार २४५ रुपैयाँमा कारोबार हुनेछ ।

छ्याङ्दी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्न पायो बोर्डबाट अनुमति

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले १० बराबर ३(१०ः३० अर्थात ३०) हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमाति प्राप्त गरेको छ।

बोर्डले मिति २०७८ पौष १ गते हाइड्रोपावरलाई हाल कायम चुक्ता पूंजी २९ करोड ७६ लाख ७५ हजारको ३०५ अर्थात रु।९ करोड ९३ लाख २ हजार ५ सय बराबरले हुन आउने ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति प्रदान गरेको हो।

यस्तै, ३०५ हकप्रद पश्च्यात कम्पनीको चुक्ता पूंजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय हुनेछ भने तत्पश्चात पूर्ण नयाँ कायम हुने चुक्ता पूंजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने योजना रहेको छ।

हाइड्रोपावरले अब आफ्नो शेयरधनीहरुलाई हकप्रद शेयर निष्काशन गर्न सक्नेछ। यस्तै, शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।