मलेसियामा भीषण वर्षा, बाढीका कारण हजारौं मानिस विस्थापित

रामेछाप खबर संवाददाता

५ पुस, काठमाडौं ।

मलेसियामा बाढीका कारण हजारौं मानिस विस्थापित भएका छन्। भीषण वर्षाका कारण आएको बाढीका कारण २१ हजार भन्दा बढी मानिस विस्थापित भएको रोयटर्सले जनाएको छ। बाढीका कारण विभिन्न ७ वटा राज्य प्रभावित भएको छ।

पछिल्लो समय पेराक राज्य बाढीको चपेटामा परेको हो। शुक्रबार बिहानबाट सुरु भएको भारी वर्षाले दर्जनौं सडक अवरुद्ध बनाएको छ। प्रधानमन्त्री इस्माइल साबरी याकोबले पत्रकार सम्मेलन गर्दै १५ हजार मानिसहरूलाई सय भन्दा बढी राहत केन्द्रहरूमा सारिएको बताएका छन्।

चीनको बेइजिङमा चालकविहीन ट्याक्सी सञ्चालनको अनुमति

काठमाण्डाै – चीनको बेइजिङमा स्वचालित ट्याक्सी चलाउन अनुमति दिइएको छ । बेइजिङको दक्षिणपूर्वी भेग यीझुआङको ६० वर्ग किलोमिटर क्षेत्रमा रोबोट्याक्सी भनिने चालकविहीन कार चलाउन सरकारी अनुमति प्राप्त भएको बीबीसीले जनाएको छ ।

अहिलेलाई परीक्षणका रूपमा अनुमति दिइएको र सफल भएमा यस्ता ट्याक्सीको सङ्ख्या बढाउने बेइजिङका सरकारी अधिकारीहरूले बताएका छन् । एक सय वटा कार सडकमा गुड्न थालेका र अहिले सात सयभन्दा बढी ठाउँबाट यात्रुले सेवा पाउने बीबीसीले जनाएको छ ।

एउटा कारले एक पटकमा दुई जनासम्म यात्रु बोक्न सक्छ । कारको मनिटरमा जडान गरिएका विशेष उपकरण र सेन्सरहरूले वरिपरिकाे वातारण, अरू सवारीसाधन र पैदलयात्रु बारेमा थाहा पाउनेछन् ।

परीक्षणकाल भरका लागि ट्याक्सी अनुगमनका लागि एक जना सुपरभाइजर राख्ने र पछि पूर्णरूपमा चालकविहीन हुने बीबीसीले जनाएको छ । कतिपयले सडकको जटिल अवस्थाका कारण सुरक्षा चुनौती हुने बताएका छन् ।