मलेशिया छिर्न भिसा आवेदन अनलाइनबाट दिन सकिने ?

रामेछाप खबर संवाददाता

४ पुस, काठमाडौं ।

मलेसिया इमिग्रेशनले इ-भिसा अनलाइन प्रणाली गरेको छ, मलेशिया छिर्न भिसा आवेदन अनलाइनबाट दिन सकिने भएको छ। महामारी को कारण २ वर्ष देखी रोकिए को मलेशिया मा आउने विदेशी पर्यटक बिदेशी विधार्थी, विदेशी ब्यापारी र विदेशी स्वस्थ जचाउने बिरामी को लागि सजिलो हुने गरि यो सिस्टम बनाएको इमिग्रेशन महानिर्देशक, दातुक इन्देरा खैरुल जैमी दाउदले बताउनु भयो।

इ-भिसा अनलाइन प्रणाली एक महतोपूर्ण कदम रहेको जुन मलेशिया खोल्ने तयारी मा मदत गर्ने भएको जैमी दाउदले बताउनु भयो।

अब ईलिगल र ईलिगल राख्ने दुबैलाई कारबाही गर्ने साउदी सरकारको घोषणा

साउदी अरवले अवैधानिक रुपमा बसेका कुनै विदेशी श्रमिकलाई रोजगारीमा लगाएमा त्यस्ता रोजगारदातालाई भारी आर्थिक जरिवाना र थप विदेशी श्रमिक लिन नपाउने व्यवस्था गरेको छ । साउदी अरवका सरकारी अधिकारीलाई उधृत गर्दै स्थानीय सञ्चार मध्यमहरुले त्यस्ता रोजगारदाताहरुलाई १ लाख रियालसम्म जरिवाना र ५ बर्षसम्म विदेशी श्रमिक लिन नपाउने व्यवस्था गरिएको जनाएका छन् ।

साउदी अरवको राहदानी विभाग (जवाजत) ले मुख्य रोजगारदाताले वाहेक अन्य रोजगारदाताले कुनै विदेशी श्रमिकलाई अनधिकृत रुपमा रोजगारीमा लगाएमा कडा कारवाही गरिने चेतावनी दिएको हो ।

यसैगरी त्यसरी विदेशी श्रमिकलाई रोजगारीमा लगाउने रोजगारदाताको नामावली निजकै खर्चमा स्थानीय सञ्चार माध्यमहरुमा समेत प्रकाशित गरिने जवाजतले बताएको समाचारमा उल्लेख छ ।

यसैगरी कुनै विदेशी श्रमिकलाई अवैधानिक रुपमा रोजगारीमा राखेमा त्यस्ता व्यवस्थापकलाई एक बर्षसम्मको जेल सजाय समेत तोकिएको छ । जेल सजाय पश्चात त्यस्ता व्यवस्थापक विदेशी भएमा निजलाई स्वदेश फर्काइने जनाइएको छ ।

जवाजतले कुनै रोजगारदाताले दोहोर्याएर सोही प्रकृतिको गलत कार्य गरेमा जरिवाना दोव्वर हुनेछ । साउदी अरवमा सन् २०१७ यता ५६ लाख व्यक्तिले त्यहाँको बसोवास सम्वन्धि कानुन उल्लंघन गरेको समाचारमा जनाइएको छ ।