मलेशियामा सबै कामदार को न्यूनतम तलब RM १५०० गर्ने, यो मितिबाट लागू हुन्छ !

रामेछाप खबर संवाददाता

क्वालालम्पुर ।

सन् २०२२ को शुरूदेखि नै मासिक तलब १५ सय रिंगेट र मासिक ३ तीन सय रिंगेट भत्ता हुनुपर्ने माग गर्दै मलेसियामा मजदुर सडकमा तलब वृद्धिको माग गर्दै मलेसियन ट्रेड युनियन कांग्रेस नेतृत्वमा मजदुरहरू सडकमा आएका हुन् । हाल मलेसियामा स्वदेशी तथा विदेशी कामदारले न्यूनतम मासिक १२ रिंगेट पाइरहेका छन् ।

मलेसियन ट्रेड युनियन कांग्रेसका महासचिव कामारूल बहारिन मन्सुरले बढ्दो महंगीले मजदुरको जीवन सञ्चालनमा संकट उत्पन्न भएको भन्दै तलब तथा भत्ता बढ्नुपर्ने बताए । मलेसियामा सन् २०२० देखि नै मजदुर संगठनहरूले तलब वृद्धिको माग गर्दै आएका छन् । तर कोरोनाको कारणले तलब वृद्धिको विषय अगाडि आएको थिएन ।

मलेसियन ट्रेड युनियन कांग्रेसले राष्ट्रिय तलब परामर्श परिषद् मार्फत राष्ट्रिय श्रम सल्लाहकार परिषद्मा सरकार, रोजगारदाता र कर्मचारीबीच मजदुरको तलब सुविधा बढाउने विषयमा त्रिपक्षीय छलफल हुनुपर्ने माग गरेको छ । मलेसियाका मजदुर संगठनहरूले प्रत्येक २ वर्षमा न्यूनतम पारिश्रमिकको पुनरावलोकन हुनुपर्ने माग गर्दै आइरहेका छन् ।

वैदेशिक रोजगारको ‘ठगलाई ठोक्न’ श्रम मन्त्रालयमै प्रहरी युनिट

वैदेशिक रोजगारीमा हुने ठगी रोक्न ‘क्वीक एक्सन’ गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा डीएसपीको कमाण्डमा नेपाल प्रहरीको युनिट राख्ने तयारी भएको छ ।

वैदेशिक रोजगारी हुने ठगी नियन्त्रण गर्दै ठगहरु उम्कन नदिनका लागि तत्काल एक्सनमा जानुपर्ने स्थिति देखिएकाले प्रहरीको युनिट राख्ने तयारी भएको हो । मन्त्रालयमै प्रहरीको युनिट राख्न लागिएको मन्त्री कृष्णकुमार श्रेष्ठले नागरिकखबरलाई जानकारी दिए । उनले भने, ‘ठगी नियन्त्रण गर्नुका साथै कोही ठगी हालेमा तत्काल ठग पक्राउ गर्नका लागि पनि मन्त्रालयमा प्रहरी युनिट आवश्यक देखियो ।’

अहिले कुनै ठगीको उजुरी आइहालेमा पनि विभागले प्रहरी कार्यालयमा पत्र लेख्ने र प्रहरी गएर छापा हान्ने लगायतका काम हुँदै आएका छन् । त्यसो गर्दा ढिला हुने र अपराधी भाग्ने हुँदा मन्त्रालयमै प्रहरी युनिट राख्न जरुरी देखिएको मन्त्री श्रेष्ठले बताए ।

ठगीका कुनै पनि उजुरी आउनासाथ तत्काल प्रहरी परिचालन गरेर ठग पक्राउ गर्नका लागि पनि जरुरी रहेको उनको भनाइ छ । त्यसका साथै, श्रमिकहरुमाथि कुनै पनि प्रकारको ज्यादति भयो भने तत्काल कारखानाहरुमा प्रहरी पुगेर ज्यादति गर्नेहरुलाई नियन्त्रणमा लिन समेत प्रहरी युनिट जरुरी देखिएको छ ।

मन्त्रालयमा प्रहरी युनिट राख्नका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको छ । अब चाँडै नै त्यसबारे फाइल अघि बढाउने तयारीमा मन्त्रालय देखिएको छ ।