कांग्रेस महामन्त्रीमा गगन थापाले जित्ने संकेत, कसको कति मत ?

रामेछाप खबर संवाददाता

१ पुस , काठमाडौं ।

नेपाली कांग्रेसको महामन्त्री पदको मतगाण्ना जारी छ । जसमा गगन थापाले सुरुवाती अग्रतालाई कायम नै राखेका छन् । सुरुवाती अग्रता र मतान्तरलाई हेर्दा थापाले महामन्त्रीमा जित्ने संकेत देखिएको छ । हालसम्म ९ सय मतगणना गर्दा गगनकुमार थापले ५५९ मत ल्याएका छन् । त्यस्तै उनलाई विश्व प्रकाश शर्माले पच्छायाइरहेका छन् । शर्माले ३५७ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै प्रदिप पौडेल ३००, प्रकाश शरण महत २९७, मिनेन्द्र रिजाल १५३ र राजाराम कार्कीले ३१ मत ल्याएका छन् ।

कांग्रेस पार्टी कार्यालय सानेपामा मतगणना जारी छ । कांग्रेसको महामन्त्रीका दुई सिटका ६ जना मैदानमा रहेका छन् । जसमा सभापति शेरबहादुर देउवाका प्यालनबाट डा। प्रकाशशरण महत र प्रदीप पौडेल रहेका छन् । त्यसैगरी डा। शेखर कोइरालाको प्यानलबाट गगन थापा र डा। मीनेन्द्र रिजाल रहेका छन् । त्यस्तै प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको प्यालनबाट राजाराम कार्की उम्मेदवार छन् ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार अवको चार घण्टामा मतपरिणाम सार्वजनिक हुनेछ ।

बुधबार बिहान आएको नतिजा अनुसार सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । भने बुधबार रातिको नतिजा अनुसार उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले जीत हासिल गरेका छन् ।