फेसबुकमा चिनजान भएपछि पहिलोपटक होटलमा पुगेर भेट्दा…..

रामेछाप खबर संवाददाता


सामाजिक सञ्जालमार्फत भएको चिनजानपछि प्रेममा डु’बे’का किशोर–किशोरीबीचको स’म्ब’न्ध वि’यो’गा’न्त बन्दा किशोरी अस्पताल र किशोर जे’ल (सुधार गृह) पुगेका छन् । यो घटना भारतको महाराष्ट्र राज्यस्थित बैतूलको हो । किशोरीलाई उच्च र’क्त’स्रा’बपछि नागपुरस्थित अस्पताल भर्ना गरिएको छ । महाराष्ट्रकी १७ वर्ष ६ महिना उमेरकी एक नाबालिग किशोरी र १७ वर्ष १० महिना उमेरका नाबालिग किशोरबीचको फेसबुक मित्रता प्रेममा परिणत भएको थियो ।

मुल्ताई थाना इलाकास्थित एक गाउँमा बस्ने नाबालिग किशोरले किशोरीलाई ध’म्की दि’ए’र महाराष्ट्रको सीमावर्ती प्रभटपट्टनमा भेट्न बोलाए, त्यहाँबाट उनले ती किशोरीलाई बैतूलमा लगे । एक धार्मिक स्थलमा घुमेपछि उनीहरु होटलमा छि’रे, जहाँ उनीहरुबीच शा’रि’री’क स’म्बन्ध बन्यो ।

स’हवा’सपछि किशोरीको स्वास्थ अ’वस्था बि’ग्रियो । प्रा’इभेट पा’र्ट बाट धेरै खु’न ब’ग्न थालेपछि यी किशोरले एक निजी डाक्टर कहाँ किशोरीलाई लिएर गए । तर, ती डाक्टरले यो के’स हेर्न मानेनन् । त्यसपछि बा’ध्य भएर ती किशोरले जिल्ला अस्पतालमा किशोरीलाई लगे । जिल्ला अस्पतालले यी किशोरीको परिवारलाई उनी अस्पतालमा भर्ना भएको जानकारी दियो । त्यसपछि यी किशोरीलाई थप उपचारका लागि नागपुर लगियो । यता, पुलिसले किशोरलाई पक्राउ गरेर यी किशोरलाई अहिले सुधारगृहमा पठाइएको छ ।

त्यस्तै, दुई वर्षअघिको एउटा रिपोर्टले गोरखाको धार्चे गाउँपालिकामा साढे ५ सय भन्दा बढी जोडीले उमेर नपुग्दै विहे गरेको देखाएको छ । २०६८ देखि २०७६ सम्ममा ५ सय ६३ जोडीले २० वर्ष अगावै विहे गरेका हुन् । ‘यति छोटो अवधिमा बालविवाहको यो तथ्यांक डरलाग्दो हो । कुनै गाउँ छैन बालविवाह नभएको,’ पालिका अध्यक्ष सन्तोष गुरुङ भन्छन्, ‘बाहिर गएर यस्ता तथ्यांक भन्दा पनि लाज लाग्छ । त्यसैले यसको न्यूनिकरण गर्ने रणनीति बनाउन लागेका छौं ।’ उमेर नपुग्दै चेतनास्तर कमजोर भएकोले उमेर नपुग्दै विहे गर्ने चलन धार्चेमा व्याप्त छ ।

बालविवाह न्यूनीकरणका लागि सामाजिक अभियन्ता एलिजा गुरुङलाई सद्भावनादूत नै नियुक्त गरिएको छ । ‘मान्छे सचेत छैनन् । सामाजिक सन्जालमा कुरा गरेर विहे गर्ने चलन छ,’ उनले भने, ‘अभिभावकको पनि दोष छ । आफ्ना बालबच्चा के गरिरहेका छन् भनेर कहिलै खोजी गर्दैनन् ।’ पालिकाले सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष गुरुङले बताए ।

सद्भावनादूत नियुक्त गरिएकी एलिजा कम उमेरमा हुने विवाहले मुख्यतः स्वास्थ्य समस्या बढी देखिएको बताउछिन् । ‘म सबैको घरमा पुगेको छु । उनीहरुको समस्या टिपेको छु । धेरैजसोको स्वास्थ्यमा समस्या देखिएको छ,’ उनले भनिन्, ‘कोही पाठेघरको क्यान्सरबाट पीडित छन् । कोही भने कुपोषण र अपाङ्गताको सिकार भएका छन् ।’ बच्चा जन्माउने बेलामा कतिपय आमा र बच्चा दुवैको मृत्यु भएका घटना पनि उनले सुनाइन् ।

त्यसबाहेक आर्थिक सामाजिक रुपमा कमजोर हुने गरेको उनको तर्क छ । ‘विहे पछि पढाई छोड्छन्, पैसा कमाउन लाग्छन् । मानसिक रुपमा तयार हुँदैनन् । आर्थिक अभावले केटा विदेशिनुपर्छ,’ एलिजा अघि भन्छिन्, ‘बच्चा, आमा र बुबा नै जोखिममा हुन्छन् । आमाकै शरिर कमजोर हुँदा बच्चा कस्तो होला र?’अधिकांशको १५ देखि १७ वर्षको उमेरमा विहे भएको उनले जानकारी दिइन् ।

यसलाई रोक्न गैर सरकारी संस्था गुड नेवर्सले पनि सहयोग गरेको छ । ‘विवाह भएर दुख पाएका भिडियो देखाएर अरुलाई सचेत गराउन लागेका छौं । टोलटोलमा बालविवाहको कानुनी, व्यवहारिक र शारीरिक समस्याबारे जानकारी गराउने योजना बनाएका छौं,’ अध्यक्ष गुरुङले भने, ‘संघ संस्थाहरुको सहयोग मागेका छौं । माथिल्ला सरकारलाई पनि भनेका छौं ।’

अहिले पनि वर्षेनी बाल विवाह भैरहेको छ । अघिल्लो वर्षदेखि नै कार्यक्रम गर्ने भनिएपनि कोभिडका कारण रोकिएको गुरुङ बताउँछन् । सोमबार बसेको कार्यपालिका बैठकले बालविवाह न्यूनीकरण गर्न रणनीतिक योजना बनाउने र वडास्तरीय बाल संरक्षण समिति गठन गर्ने निर्णय गरेको छ ।