तस्बिरमा हेर्नुहोस् क्युट मलिकालाई ( फोटो फिचर )

रामेछाप खबर संवाददाता

२९ मंसिर, काठमाडौं ।

पछिल्लो समय अभिनेत्री मलिका महतलाई फिल्मको अफर आइरहेको छ । फिल्म यात्राबाट नेपाली फिल्म क्षेत्रमा अभिनय शुरु गरेकी मलिकालाई अहिले धेरै फिल्मको अफर आएको छ । तर उनले साइन भने गरेकी छैनिन् ।

म्युजिक भिडियो हुँदै फिल्ममा आएकी मलिकालाई फिल्म ‘नाइँ नभन्नू ल ’को छैटौँ सिरिज बाट अफर आएको छ । आफुलाई यस फिल्मको अफर आएको बारे उनले नै खुलाएकी हुन् । उनले अफर आए पनि कागजी सम्झौता गरेकी छैनिन् ।

यसअघि डेढ दशक अगाडिको सुपर हिट फिल्म ‘पर्खी बसेँ’ को सिक्वेलमा पनि उनलाई अफर आएको थियो । उनले फिल्म यात्रा पछि अभिनेता खगेन्द्र लामिछानेको फिल्म ‘पानी फोटो’ मा अभिनय गरेकी छिन् । उनलाई म्यूजिक भिडियोमा पनि लगातार माग भइरहेको छ ।