कर्मचारी लोभी हुन्छन साना साना योजनामा पनि कमिसन खान्छन : माधव नेपाल

रामेछाप खबर संवाददाता

२९ मंसिर, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले साना साना योजना निर्माण गर्दा कर्मचारीले कमिसन खाने गरेकाे आ’राेप लगाएका छन् । सुनसरीस्थित इटहरी-१७ मा आँखा अस्पतालको शिलान्यास गर्दै उनले १० लाखको निर्माणकाे काम गर्दा कर्मचारीले चिया, नास्ता र कमिसनको नाममा दुई लाखसम्म खाने गरेकाे आ’रोप लगाएका हुन् ।

सबैलाई अलिअलि गरेर बाँड्नु भन्दा एकै ठाउँमा धेरै रकम लगानी गरेर छिटो काम सक्नु पर्नेमा नेता नेपालले जोड दिए । उनले कर्मचारीतन्त्र र उपभोक्तावादी भएकै कारण काम नगर्ने कमिसनको भरमा आफ्नो जिन्दगी चलाउने समेत आ’रोप समेत लगाए ।

उनले भने ‘एकै चोटी कनिका छरे जस्तो गरेर एउटा पनि काम हुँदैन । त्यही कनिका पनि कर्मचारीलाई दुई लाख दिएको हुन्छ । काम देखाउनु पर्‍याे भने पाँच ओटा इँटा देखाउने परम्परा छ ।’

देउवा सरकार ओलीको नियतिसामु समर्पणतर्फ – रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संसद चलाउन नसकेको भन्दै आफ्नै दलका नेता शेरबहादुर देउवा नेतृत्वको सरकारको कडा आलोचना गरेका छन्। उनले सरकार ओलीको नियतिसामु समर्पण गर्ने दिशातर्फ अघि बढेकोसमेत ठहर गरेका छन्।

एमालेको अवरोधबीच संसद प्रभावित हुँदै आएको विषयमा बुधबार नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेखेका छन्, ‘संसद चलाउँछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरी अघि बढ्यो भने ओलीको नियतिका सामु समर्पण गरेको ठहर्नेछ।’

उनले सरकारसँगै प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत आलोचना गरेका छन्। ६ महिनाको समयमा दुईदुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले ओलीले महिनौं दिनदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुस्प्रयास गरिरहेको नेता पौडेलले औंल्याएका छन्।

उनले सरकार र एमाले दुवैको कार्यले राष्ट्र अनिश्चिततातर्फ धकेलिने बताएका छन्। नेता पौडेलले यसलाई देशलाई प्रयोगैप्रयोगको थलो बनाएरर थिलथिलो पार्ने षड्यन्त्रको संज्ञासमेत दिए।

‘राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलापतर्फ सचेत रहन आम नागरिकको ध्यानाकर्षण गर्दछु’, उनले लेखेका छन्, ‘देशलाई प्रयोगैप्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र हो यो।’ नेता पौडेलले समावेशी संसदीय प्रणाली नै सिध्याउन खोजिएकोसमेत औंल्याएका छन्।