मलेसियामा नेपालीले अवैधानिकबाट वैधानिकता पाउन कहाँ सम्पर्क गर्ने र केके चाहिन्छ कागजातहरु ?

रामेछाप खबर संवाददाता

२९ मंसिर, काठमाडौं ।

मलेसियामा सुरक्षागार्ड (सेक्युरिटीगार्ड) को क्षेत्रमा अवैधानिक हैसियतमा कार्यरत नेपाली श्रमिकहरुले अब वैधानिक बन्न पाउने भएका छ्न।

मलेसिया सरकारको गृहमन्त्रालयले विशेष अनुमति प्रदान गरि मलेसियन अध्यागमन बिभाग (इमिग्रेशन) र मलेसियन सुरक्षागार्ड उद्योग (पेरसातुआन इन्डस्ट्री केसेलामातान पिआईकेयम) लाई पत्रचार गर्दै सरकारले निर्णय गरे अनुसार पुन: रिक्यालिब्रेसन योजना (RTK) कार्यक्रमको कार्यान्वयनलाई विस्तार गर्ने र अवैधानिकलाई सुरक्षागार्डको क्षेत्रमा वैधानिक बनाउने निर्णय गरेको छ।

यस् कार्यक्रम मार्फत सुरक्षागार्डको क्षेत्रमा नेपाली श्रमिकहरुलाई मात्रै पुनः भिसा लगाउन र वैधानिक हुन मिल्ने पत्रमा स्पष्ट रुपमा लेखिएको छ। आरटिके नाम दिइएको यो कार्यक्रम डिसेम्बर ३१ तारिखदेखी अर्थात यो बर्षको अन्त्यदेखीनै सुरु हुनेछन भने अर्को बर्ष सन् २०२२ को मार्च ३१ तारिखसम्म संचालन हुने जनाएको छ्न।

मलेसियामा योग्य सेक्युरिटीगार्ड रोजगारदाता कम्पनीहरूले अध्यागमन बिभागको अनलाइन वेबपोर्टल https://imigresen-online.imi.gov.my/myimms/main मार्फत आफ्नो अवैधानिक श्रमिकलाई वैधानिक हुन दर्ता गर्नुपर्नेछ्न। साथै अध्यागमन बिभागको कार्यालयमा अतिआवश्यक भौतिक उपस्थिति बाहेक हुने बाँकी अन्य कामकाजहरु अनलाइन प्रणालीमार्फतनै गर्न सकिने पत्रमा जनाइएको छ।

अवैधानिक दर्ता गर्न रोजगारदाता कम्पनीले दर्ता गरे बापत्तको रकम आरएम ५०० , पुनः रिक्यालिब्रेसन शुल्क आरएम १५०० , फोमेमा मेडिकल जाँच गरे बापत्तको आरएम १८० , सरकारी लेवि बापत्तको आरएम १८५० , भिसा प्रक्रियाको लागी आरएम १२५ , भिसा स्टिकर बापत्त आरएम ६० र सेवा शुल्क आरएम २० गरि जम्मा मलेसियन रिंगेट आरएम ४,२३५ शुल्क लाग्ने र सो शुल्क हरु रोजगारदाता कम्पनीलेनै तिर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ।

पछिल्लो केहि बर्षदेखी रोजगारीको लागी मलेसियामा नयाँ नेपाली श्रमिक आउन पाएका छैनन्। यहाँ मलेसियामा सुरक्षागार्ड कम्पनीहरुमा देखिएको श्रमिकको कमिलाई मध्यनजर गर्दै सरकारले विशेष अनुमति प्रदान गरेर नेपाली अवैधानिकलाई वैधानिक बनेर सुरक्षित साथ काम गर्न अवसर दिन लागिएको हो।

केहि दिन अगाडि मात्रै एक कार्यक्रमका बिच मलेसिया सरकारको गृहमन्त्री दातुक सेरी हमजा जैनुद्यीनले मलेसियामा कार्यरत नेपाली सुरक्षागार्डको कामको तारिफ (प्रशँसा) गरेका थिए। एजेन्सीको सहयोगमा