कांग्रेस सभापतिमा पुन : शेरबहादुर देउवा विजयी, कसको कति मत ?

रामेछाप खबर संवाददाता

२९ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन्। देउवाले आफ्ना प्रतिस्पर्धी शेखर कोइरालालाई ८७८ मतको अन्तरले पराजित गर्दै सभापतिमा दोस्रो कार्यकालका लागी विजयी भएका हुन् ।

दोस्रो मतदानमा ४ हजार ६२३ मत खसेको थियो । जसमा ३५ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । देउवाले २७ सय २३ मत ल्याए भने उनका प्रतिद्धन्द्धी कोइरालाले १८ सय ५५ मत पाए ।

पहिलो चरणको मतदानमा सबैभन्दा बढी मत देउवाले ल्याएका थिए । तर, सभापतिमा निर्वाचन हुन २३ सय ४० मत आवश्यक हुन्थ्यो । कांग्रेस सभापतिका उम्मेदवारहरु देउवाले २२५८, कोइरालाले १७०२,प्रकाशमान सिंहले ३७१,विमलेन्द्र निधिले २५० र कल्यांण गुरुंगले २२ मत पाएका थिए ।

कूल मतको ५१ प्रतिशत मत कसैले ल्याउन नसकेपछि मंगलबार पुनः मतदान भएको थियो । दोस्रो चरणको मतदान सुरु हुनुअघि नै सभापतिका तिनै उम्मेदवार सिंह,निधि र गुरुंगले देउवालाई साथ दिने घोषणा गरेका थिए ।

उनिहरुले सभापतिमा कोइरालालाई साथ दिने अपेक्षा गरिएको थियो । तर, देउवासंग शक्ति बांडफांडमा सहमति भएपछि उनिहरुले देउवालाई समर्थन गर्ने घोषणा गरेका थिए । यसअघि तिनै जनाले कांग्रेसको नेतृत्व गर्न देउवा असफल र असक्षम भएको भन्दै नेतृत्व परिवर्तनको एजेण्डा अघि सारेका थिए। तर,अन्तिममा नाटकिय हिसावले उनिहरुले देउवालाई समर्थन गरे ।

सिंह,निधि र गुरुंगले सहयोग गर्ने घोषणा गरेसंगै देउवाको लगभग जित सुनिश्चित थियो । तिनै उम्मेदवारले देउवालाई समर्थन गरेपछि कोइराला पराजित भएपनि उनले आफ्नो मत भने बढाएका छन् । कोइरालाले दोस्रो चरणको मतदानमा पहिलो चरणको भन्दा १५३ मत बढी पाएका छन्। file photo