दोस्रो चरण सामना गर्ने शेखर समूहको निर्णय

रामेछाप खबर संवाददाता

२८ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापति चयनको लागि दोस्रो चरणमा मतदान हुने भएको छ। दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच चुनाव हुने भएको छ । यसअघि सभापतिका उम्मेद्धवारहरु प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले दोस्रो चरण्को निर्वाचनमा देउवालाई सघाउने घोषणा गरिसकेका छन् ।

तर, कोइरालाले भने देउवासँग चुनाव लड्ने घोषाा गरिसकेका छन् । कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले कोइराला देउवासँग चुनाव लड्ने बताउँदै त्यसको लागि अहिले हात्तिसारस्थित् होटल अर०यमा पत्रकार सम्मेलन गर्न लागिएको जनाए । पहिलो चरणको निर्वाचनमा देउवाले २२५८, कोइरालाले १७०२, सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत ल्याएका थिए ।

एकताको सन्देश दिन शेखरले पनि देउवालाई समर्थन गर्नुपर्छ- प्रकाशशरण महत

कांग्रेस महामन्त्रीका उम्मेदवार प्रकाशशरण महतले सभापतिका उम्मेदवार शेखर कोइरालाले पार्टी एकताका लागि दोस्रो चरणको निर्वाचनमा जान नहुने बताएका छन् । लोकान्तरसँग कुरा गर्दै महतले अन्य तीन सभापतिका उम्मेदवारको समेत शेरबहादुर देउवालाई समर्थन भएकाले दोस्रो चरणको निर्वाचन जान आवश्यक नरहेको बताएका हुन् ।

‘अभिमतको हिसाबले थोरै मतले मात्रै देउवाको ५१ प्रतिशत नपुगेको हो,’ उनले भने, ‘अन्य तीन उम्मेदवारको समर्थन भइसकेपछि पार्टी एकताको सन्देश दिने हो भने शेखरजीले दोस्रो चरणको निर्वाचनमा जान आवश्यक रहेन ।’ महत देउवा पक्षबाट महामन्त्रीका उम्मेदवार हुन् । सभापति चयनका लागि दाेस्रो चरणको मतदान साढे ३ बजेबाट हुँदैछ ।