२८ मंसिर, काठमाडौं ।
बलिउडकी चर्चित अभिनेत्री हुन् सोनाक्षी सिन्हा । फिल्म दबंग बाट बलिउडमा प्रबेश गरेकी सोनाक्षीले हालसम्म धेरै फिल्महरुमा अभिनय गरिसकेकी छिन् ।धेरैजसो आफ्नो नयाँ फिल्म र फोटोशुटबाट चर्चामा आउने सोनाक्षी पछिल्लो समय खासै फिल्ममा देखिएकी छ्रैनिन् । ३४ बर्ष नाघेकी सोनाक्षीको विवाहको उमेर भइसकेको छ । तर अहिलेसम्म उनको विवाह गर्ने सुरसार देखिदैन ।
उनका फ्यानहरुले विवाहबारे सोधिरहने गर्छन् । उनले हरेक कार्यक्रममा भन्ने गर्छिन् – ‘मेरो अभिभावकहरू मैले सुशील केटासँग प्रेम गरेको हेर्न चाहन्छन् ।’ फिल्म क्षेत्रमा लामोसमय बिताइ सक्दा पनि आफ्नो नाम कुनै केटा संग नजोडिएको उनी बताउछिन् । उनका अनुसार अहिले उनी आफ्नो लागि क्षमता वान केटाको खोजिमा छिन् ।
ज्याकलिनबाट टाढिए सलमान खान
बलिउड अभिनेता सलमान खानको ‘दबंग रिलोडेड कन्सर्ट’ विगतको जस्तै सुपरहिट रह्यो । तर यसपटक ज्याकलिन फर्नान्डिज नयाँ संस्करणको कन्सर्टमा सहभागी हुन पाइनन् । दुई सय करोड रुपैंयाँको मनी लण्ड्रिङ मुद्धाका आरोपी महाठग सुकेश चन्द्रशेखरसँगको सम्बन्धका कारण ज्याकुलिन अहिले समस्यामा परेकी छन् ।
यहीकारण उनलाई इडीले सोधपुछ गरिरहेको छ । डिसेम्बर १० मा रियादमा भएको कन्सर्टमा सलमानका साथ शिल्पा सेठ्ठी, सई माञ्जरेकरसहित अन्य कलाकार सहभागी भए पनि ज्याकुलिन समूहमा परिनन् ।
यद्यपि रियादमा भएको पत्रकार सम्मेलनमा ज्याकलिनको सहभागिताको विषयमा पत्रकारले प्रश्न गरेका थिए । सलमानले ज्याकलिन शोमा उपस्थित नभए त्यसको खुशीमा आफूले प्रस्तुति दिने बताएका थिए । ज्याकलिन सलमानका साथ उपस्थित नहुँदा विभिन्न प्रश्न उठेका छन् । धेरैले के ज्याकलिन सलमानको रुचाईबाट बाहिर पुगेकी छन् ? भन्ने समेत प्रश्न उठाइ रहेका छन् ।
वास्तवमा भन्ने हो भने ज्याकलिनसँग उनीसँग नजिकिएकाहरुले अहिले दुरी बनाइरहेका छन् । यसमा सलमान पनि पर्दछन् । मनी लण्ड्रिङ मुद्धामा आरोपी महाठग सुकेश चन्द्रशेखरसँगको सम्बन्धमा रहेको खुलेपछि उनी इन्फोर्समेन्ट डायरेक्टोरेटको रडारमा आइसकेकी छन् ।
ज्याकलिन लकडाउनको समयमा सलमानको परिवारसँग सलमानकै फार्महाउसमा थिइन् । त्यहीकारण सलमानको फिल्म ‘किक’मा अभिनय गरिसकेकी ज्याकलिनले आफ्नो मेन्टरबाट यो समस्याग्रस्त समयमा बाहिर ल्याउन सक्ने आशा राखिरहेकी थिइन् । तर सलमानले भने ज्याकलिनको जिन्दगीबाट टाढा रहने निर्णय लिइसकेका छन् ।