२८ मंसिर, काठमाडौं ।
सेयर बजारमा सकारात्मक सर्किट लागेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सुरुवातबाटै हरियाली छाएको नेप्सेमा कारोबार सुरु भएको एक घण्टा ३८ मिनेटमा ५ प्रतिशतले वृद्धि भएपछि सकारात्मक सर्किट लागेसँगै ४० मिनेटका लागि कारोबार रोकिएको हो ।
कारोबार सुरु भएको पहिलो एक घण्टामा नेप्सेमा ४ प्रतिशतको घटबढ हुँदा २० मिनेट, दोस्रो घण्टाभित्र ५ प्रतिशतले घटबढ भएमा ४० मिनेट र ६ प्रतिशतले घटबढ हुँदा उक्त दिनका लागि कारोबार बन्द हुन्छ ।
शनिबार सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयर बजारलाई ‘साम्राज्यवादको विकसित रूप’ भएको टिप्पणी गरेको थिए । त्यसपछि आइतबार र सोमबार उच्च गिरावट भएको बजारमा आज भने ‘बाउन्स ब्याक’ हुँदै सकारात्मक सर्किट लागेको छ ।
सर्किट लाग्दासम्म नेप्सेमा एक अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।