देउवा पराजित भए के होला ? ज्योतिषको भविष्यवाणी मिल्ला त ?

रामेछाप खबर संवाददाता

२८ मंसिर, काठमाडौं ।

सभापति पदमा देउवा पराजित भएको अवस्थामा उनी पार्टी संसदीय दलको नेताबाट हटाइन सक्छ । हटाइए उनी प्रधानमन्त्री हुँदैनन् । देउवाले पनि आइतबार प्रधानमन्त्री भइरहन र सत्तारूढ गठबन्धनलाई निरन्तरता दिइरहन आफूलाई जिताउन मतदाताहरूलाई आह्वान गरेका थिए ।

करिब एक घण्टापछि शेखरले काठमाडौंको बत्तीसपुतलीस्थित एक फुडल्याण्डमा पत्रकार सम्मेलन गरी भने, ‘भोट माग्ने क्रममा देशको प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाले म सभापतिमा पराजित भए प्रधानमन्त्रीबाट हटाउँछन् भन्नुभएछ । यसो भनेर खल्लो पारिदिनुभयो, निराश पारिदिनुभयो । तर, म प्रण गर्छु, नतिजाले सरकार परिवर्तन हुन्छ ।’

शेखर यदि सभापति पदमा निर्वाचित भए देउवालाई संसदीय दलको नेताबाट हटाउने देखिन्छ । त्यसो हुँदा धार्मिक नेता पनि भनिने देउवाको सातपटक प्रधानमन्त्री हुने ज्योतिषको भविष्यवाणी पूरा नहुन सक्छ ।

प्रकाशमान र विमलेन्द्र निधिको अग्नी परिक्षा आज हुँदै

नेपाली कांग्रेसमा सभापति चयनका लागि भएकाे पहिलाे चरणकाे चुनावमा उम्मेदवारले बहुमत पुर्‍याउन नसक्दा पुनः मतदान हुने भएको छ । अब हुने दोश्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोईरालाबीच प्रतिस्पर्धा हुनेछ । यो प्रतिस्पर्धामा निर्णायक भनेको सभापतिको दौडबाट बाहिरिएका प्रकाशमान सिंह र विमलेन्द्र निधिको भोट हुनेछ ।

प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापतिको उमेद्द्वार दिनुको मुख्य कारण सभापति शेरबहादुर देउवाको काम प्रति असन्तुष्टी थियो । प्रकाशमान र निधिले धेरै ठाउँमा अब कांग्रेसलाई अघि बढाउन शेरबहादुर देउवाले सभापतिबाट विश्राम लिनुपर्छ भनेका थिए । देउवा विरुद्ध सभापतिमा लड्न प्रकाशमान र निधि आएका थिए तर यी दुवैलाई शेखर कोईरालाले रेसबाट बाहिर पारिदिए ।

तर अबको रेसमा भने यी दुई नेता कै भोट निर्णायक हुने देखिन्छ । प्रकाशमान सिंह र विमलेन्द्र निधिको अग्नी परिक्षा आजको चुनावमा हुनेछ । विमलेन्द्र निधिको भोट शेखर कोईरालालाई गएपनि शेखरलाई जित्न गाह्रो छ तर प्रकाशमान सिंहले पनि दिए मात्र शेखरले जित्न सक्छन् । यदी निधि वा प्रकाशमान कसैले पनि देउवालाई समर्थन गरेमा देउवाको जित पक्का छ ।

सभापतिको रेसमा देउवा विरुद्ध बोलेर नै आएका प्रकाशमान र निधिले अब देउवालाई हटाएर नयाँ सभापति कांग्रेसलाई दिन्छन कि दिदैनन् भन्ने प्रष उठेको छ । देउवाले कांग्रेसलाई दोश्रो पार्टी बनाए र अहिले कांग्रेसको हविगत पनि देउवा कै कारण भन्दै निधि र प्रकाशमान बोल्दै आएका थिए । अब यी दुईको निर्णायक मत कत्ता झर्छ भन्ने आजको चुनावले देखाउंछ ।

शेरबहादुर देउवाको दूत बनेर बालकृष्ण खांड अहिले प्रकाशमान सिंहको निवास पुगिसकेका छन् । प्रकाशमानले शेखरलाई समर्थन नगरेमा देउवाको जित पक्का भएको कारण प्रकाशमान फकाउन खांड पुगिसकेका छन् । file photo