कांग्रेस सभापतिमा देउवाकाे बहुमत पुगेन, देउवा र काेइराबीच चुनाव हुने, कसले मार्ला बाजी ?

रामेछाप खबर संवाददाता

२८ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसमा सभापति चयनका लागि भएकाे पहिलाे चरणकाे चुनावमा उम्मेदवारले बहुमत पुर्‍याउन नसक्दा पुनः मतदान हुने भएको छ । भर्खरै सार्वजिनक मत परीणाम अनुसार सभापतिका पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलाे र दाेस्राे अर्थात शेरबहादुर देउवा र शेखर काेइरालाबीच दाेस्राे चरणकाे चुनाव हुने निश्चित भएकाे हाे ।

देउवाले सबैभन्दा बढी मत पाए पनि उनले ८३ मत पुर्‍याउन नसक्दा निर्वाचन हुन लागेकाे हाे । कुल ४६७९ मतमा देउवाले २२५८ मत पाए । काेइरालाले १७२९ मत पाएका छन् । यसैगरी,प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाए ।

संघीय संसदको बैठक आजदेखि सुरू हुँदै‚ यस्ता छन् सम्भावित कार्यसूची

संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदैछ। प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक दिउँसो २ बजे बस्दैछ।

छुट्टाछुट्टै बस्ने बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। संसद सचिवालयका अनुसार नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश बैठकमा पेश हुनेछ।

त्यसै गरी रेल्वे अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि बैठकमा पेश गर्ने कार्य सूची छ।

आफूले कारबाही गरेका सांसदहरूलाई सभामुखले कारबाहीको सूची टाँस नगरेको भन्दै प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले संसद पुनर्स्थापनादेखि नै विरोध गर्दै आएको छ। अब बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे आजको संसदीय दलको बैठकले निर्णय गर्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए। बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न एमालेले बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ।