चितवनको भरतपुर महानगरपालिका- १६ विजयनगरमा गैँडा मृत फेला परेको छ ।सिद्धिगणेश सामुदायिक वनबाट करिब ५ सय मिटर पूर्वतर्फ विजयनगरको गणेश मन्दिर जाने बाटो छेउको जैघाँस भएको खेतमा गैँडा मृत फेला परेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए ।
खनालका अनुसार करिब १६ वर्षको भाले गैँडा मृत भेटिएको हो । मृत भेटिएको गैँडाको प्राविधिक टोलीले भिसेरा संकलन गरिसकेकोले उनले बताए । पोष्टमार्टम रिपोर्टपछि मारिएको हो या कालगतीले मरेको भन्ने प्रष्ट हुने उनको भनाइ छ ।
गैँडाको खाग र खुरसहित सबै अंगहरू सुरक्षित छन् ।