कप्तानीबाट हटाएपछि विराट कोहलीले यसरि पोखे रिस

रामेछाप खबर संवाददाता

२७ मंसिर, काठमाडौं ।

भारतको क्रिकेट बोर्ड बीसीसीआईले विराट कोहलीलाई वानडे कप्तानबाट हटाएर रोहित शर्मालाई नयाँ कप्तान बनाएका छन् । त्यसपछि टीम इन्डियामा विवादको खबर आएको छ । विराट यस निर्णयका कारण रुष्ट रहेको बताइएको छ । दक्षिण अफ्रिका जाने टीम इन्डियाले आइतवार गरेको ट्रेनिङ क्याम्पमा विराट सहभागी बनेनन् । त्यसपछि नै उनी बीसीसीआईसँग रिसाएको अनुमान गरिएको हो ।

इन्साइटस्पोर्टमा छापिएको एक खबरअनुसार, बीसीसीआई अधिकारीले विराट कोहलीलाई स्पष्ट रूपमा ट्रेनिङ क्याम्पमा बोलाएको तर उनी नआएको बताए । सोमवार उनी क्याम्पमा सहभागी हुने आशा गरेको उनको भनाइ छ ।

टीम इन्डिया डिसेम्बर १६ मा दक्षिण अफ्रिकाका लागि उड्नेछ । भारत र दक्षिण अफ्रिकाबीच डिसेम्बर २६ देखि खेल शुरू हुनेछ । त्यहाँ तीन म्याचको टेस्ट रिरीज र त्यति नै म्याचको वानडे सिरीज खेलिनेछ । भारतीय टीमले दक्षिण अफ्रिकामा अहिलेसम्म सिरीज जितेको छैन ।

विराट बीसीसीआईसँग रिसाएको खबरबीच रोहित शर्माले ड्रेसिङ रूममा मित्रता कायम राख्न कोशिश गरिने बताएका छन् । रोहितले विराटको प्रशंसा गर्दै उनले पाँच वर्षसम्म टीम इन्डियाको राम्रो कप्तानी गरेको र प्रत्येक म्याचमा राम्रो खेल देखाएको बताए । कोहलीको कप्तानीमा टीम इन्डियाले पछि फर्केर हेर्नु नपरेको पनि रोहितले बताए ।