माओवादी केन्द्र उपत्यका विशेष प्रदेश अध्यक्षमा सिंखडा चयन

रामेछाप खबर संवाददाता

२७ मंसिर, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश अध्यक्षमा जगत सिंखडा चयन भएका छन्। आइतबार राति सम्पन्न प्रथम अधिवेशनले उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डेलाई चयन गरेको छ। सचिवमा सुरेन्द्र बस्नेत चुनिदा सहसचिवमा गोगन मल्ल र विष्णु थापा तथा कोषाध्यक्षमा शंकर अधिकारी चयन भए।

निर्वाचन समितिका प्रमुख जगतकृष्ण पोखरेलका १ सय ४१ सदस्यीय प्रदेश कमिटी चयन भएको हो। आयोजक समितिका अध्यक्ष लेखनाथ न्यौपानेले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पनि परिमार्जनसहित पारित भएको छ।

संघीय संसद् भोलिदेखि : एन्टिजेन परीक्षण गराउन आह्वान

मंगलबारदेखि सुरु हुने संघीय संसद्को बैठकअघि कोभिड १९ को एन्टिजेन परीक्षण गराउन सूचना प्रकाशित गरिएको छ। संघीय संसद् सचिवालयद्वारा जारी सूचनामा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष लगायत सबै सांसद्हरु लगायतलाई एन्टिजेन परीक्षण गर्न भनिएको छ।

एन्टिजेन परीक्षण सोमबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल, नयाँ बानेश्वरमा हुनेछ।

सभामुखद्वारा अधिवेशन तयारीको अवलोकन

सभामुख अग्निप्रसाद सापकोटाले मंगलबारदेखि सुरु हुने संघीय संसदको अधिवेशन तयारीका सम्बन्धमा सोमबार बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बैठक स्थल लगायतको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ। उनले सोही क्रममा संघीय संसद भवनको स्काई हलमा कोभिड १९ को एन्टिजेन परिक्षण गर्ने कार्यक्रम रहेको छ।