भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक

रामेछाप खबर संवाददाता

२६ मंसिर, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर एकाउन्ट छोटो समय ह्याक भएको उनको कार्यालयले पुष्टि गरेको छ। प्रधानमन्त्री @narendramodi को ट्वीटर ह्यान्डल छोटो समय ह्याक भएको र त्यसबाट प्रसारित कुनै पनि सन्देशलाई बेवास्ता गर्नुपर्ने जनाइएको छ ।

प्रम मोदीका दुई ट्वीटर अकाउन्टहरू छन् – @narendramodi र @PMOIndia। जहाँ @PMOIndia का ४५.४ मिलियन फलोअर्स छन्, भने @narendramodi का ७३.४ मिलियनभन्दा बढी फलोअर्स छन् । भारतीय प्रधानमन्त्री प्रायः आफ्नो सरकारका प्रमुख घोषणा वा निर्णयहरू प्रसारित गर्न ट्वीटर प्रयोग गर्दै आएका छन् ।

आँधीहुरीका कारण अमेरिकामा ५० भन्दा बढीको मृत्यु

अमेरिकी राज्यकेन्टुकीका गवर्नर एन्डी बेसियरले अघिल्लो रातिआएको आँधीहुरीको कारण पचास जनाभन्दा बढी मानिसको ज्यान गएको हुनुपर्ने शनिबार बताएका छन् । यस राज्यको इतिहासकै सबै भन्दा भयावह आँधीहुरीमा मर्नेको संख्या एक सयसम्म पुग्न सक्ने उनले अनुमान गरेका छन् । अमेरिकाभरि फैलिरहेको आँधीको कराण थुप्रै राज्यहरू प्रभावित भएका छन् । इलिनोइस राज्यमायही दैवी विपत्तिको कारण थुप्रै कामदार एमेजोन कम्पनीको एउटा भण्डारमा थुनिएका छन् ।

यसैगरी अर्कान्सासको एउटा नर्सिंङहोम आंशिकरूपमा क्षतिग्रस्त हुन पुग्दा एक जनाको ज्यान जानुका साथै अन्य बीस जना घाइते भएका छन् । सो भवनको भग्नावशेष घटना भएको नब्बे मिनेटभित्र हटाइए तापनि अलपत्र परेका हुन सक्ने आशंकामा खोजीकार्य जारी रखिएको छ । आँधीहुरीको सन्त्रासको कारण केही व्यक्ति भूमिगत तल्लामा लुक्न गएका थिए ।

केन्टुकीमा स्थानीय प्रशासनले आपतकालीन स्थितिको घोषणा गरेको छ । प्रहरीले राज्यको पश्चिमी भागमा ठूलो क्षति पुगेको जनाएको छ । अमेरिकी राष्ट्रिय मौसम सेवाले अर्कान्सास, टेन्नेस्सी, मिसौरी र इलिनोइस लगायतको अन्य राज्यहरूका केही भागमा आँधी आउन सक्ने चेतावनी सहितको सूचना जारी गरेको छ ।