यी हुन् कांग्रेसका १३४ पदका लागि उम्मेदवारी दिएका ५४८ जना (नामसहित)

रामेछाप खबर संवाददाता

२६ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापतिदेखि केन्द्रीय सदस्यसम्म १३४ पदका लागि ५ सय ४८ जनाले उम्मेदवारी दिएका छन्। तर शनिबार उम्मेदवारी दिएका उनीहरूमध्ये मनोनय फिर्ता लिने चाहनेहरूले आज (आइतबार) बिहान ११ बजेसम्म फिर्ता लिन सक्छन्। यसपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।

मतदानचाहिँ भोलि सोमबार बिहान ८ बजे सुरु गर्ने कार्यतालिका छ। निर्वाचन समितिका अनुसार एक सभापति पदमा ६, दुई उपसभापति पदमा ७ र दुई महामन्त्री पदमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ।

यसैगरी सहमहामन्त्रीतर्फ खसआर्य, महिला, दलित, जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडिएको समुदायबाट समेत गरी जम्मा ८ सिटमा २० जनाको उम्मेदवारी दर्ता भएको कांग्रेस निर्वाचन समितिले जनाएको छ।

उम्मेदवारी दर्ता गराएका ५ सय ४८ जनाको नामावली यस्तो छ–