पर्यटन मन्त्री आले भन्नुहुन्छ ‘हामी हरेक कारोबार नगदमा गर्छौं, उधारोमा गर्दैनौं।’

रामेछाप खबर संवाददाता

२५ मंसिर, काठमाडौं ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले सबै कारोबार नगदमा गर्ने बताएका छन्। पोखराको पर्यटन प्रवर्द्धन गर्न व्यवसायीले राखेको माग पूरा गरेको दाबी गर्दै मन्त्री आलेले उक्त कुरा बताएका हुन्। ‘म पोखरा आउँदा पञ्चासे, बराह मन्दिर, विन्ध्यावासिनी मन्दिर लगायतमा बजेट माग गरिएको थियो, काठमाडौं जाने बित्तिकै बजेटको व्यवस्था गरेर टेण्डर प्रक्रियामा गएको छ,’ उनले भने, ‘हामी हरेक कारोबार नगदमा गर्छौं, उधारोमा गर्दैनौं।’

१८ औं अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रम बोल्दै मन्त्री आलेले पर्यटन क्षेत्रको विकासमा सरकार लागिपरेको दाबी गरे। पोखरा भन्ने बित्तिकै मान्छेको मन प्रफुल्ल हुने भन्दै उनले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकार तयार रहेको बताए। ‘तपाईंहरू सबै कागजात मिलाएर आउनुहोला, पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न समस्या छैन,’ उनले भने,‘पर्यटनको राजधानी घोषणा पनि नगदानगद हुन्छ, उधारो हुँदैन।’

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको जीर्ण छानो मर्मत सम्भार गर्न काठमाडौं फर्केर बजेटको व्यवस्था गर्ने समेत उनले आश्वासन दिएका छन्। संग्रहालयका निर्देशक निर्मला न्यौपानेले जीर्ण छानो मर्मत सम्भार गर्न बजेटको व्यवस्था मिलाइदिन मन्त्री आलेसँग आग्रह गरेकी थिइन्।

विश्वप्रकाश शर्मा र बालकृष्ण खाँण महामन्त्रीकाे दाैडबाट बाहिर !

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम छ । आज दिनभरि मनोनयन दर्ताको समय तोकिएकाले बिहान १० बजेदेखि उम्मेदवारी दर्ता गर्ने भनिए पनि अहिलेसम्म सुरु भएको छैन ।

पौडेल–कोइराला समूह छिन्नभिन्न भएको र संस्थापन पक्षले पनि पदाधिकारीको टुंगो लगाउन नसकेकाले मनोनयनमा ढिलाइ भएको हो । अहिले दुवै पक्ष आ–आफ्नो प्यानल बनाउन लागिपरेका छन् ।

पदाधिकारी टुंगो लगाउन सबैभन्दा सकस सभापति शेरबहादुर देउवालाई परेको छ । कृष्णप्रसाद सिटौला समूहसँग सहकार्य गरेपछि उनलाई आफ्नै समूहमा नेताहरूको चित्त बुझाउन सकस भएको हो ।

कांग्रेसको संस्थापन पक्षमा बालकृष्ण खाँणको संगठन मजबुत मानिन्छ । त्यस्तै, प्रवक्ता विश्वप्रकाश शर्माको लोकप्रियता पनि धेरै छ । तर, १४औं महाधिवेशनमा खाँण र शर्मा दुवै संस्थापन पक्षबाट महामन्त्रीको उम्मेदवारी बन्नबाट वञ्चित हुने भएका छन् । देउवाले डा.प्रकाशशरण महत र सिटौला पक्षका प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवारी बनाउने निश्चित जस्तै भएको छ ।