मलेसियामा मासिक तलब १५ सय र ३ तीन सय रिंगेट भत्ता हुनुपर्ने माग गर्दै मजदुर सडकमा

रामेछाप खबर संवाददाता

२५ मंसिर, काठमाडौं ।

सन् २०२२ को शुरूदेखि नै मासिक तलब १५ सय रिंगेट र मासिक ३ तीन सय रिंगेट भत्ता हुनुपर्ने माग गर्दै मलेसियामा मजदुर सडकमा उत्रिएका छन् ।
तलब वृद्धिको माग गर्दै मलेसियन ट्रेड युनियन कांग्रेस नेतृत्वमा मजदुरहरू सडकमा आएका हुन् । हाल मलेसियामा स्वदेशी तथा विदेशी कामदारले न्यूनतम मासिक १२ रिंगेट पाइरहेका छन् ।

मलेसियामा सन् २०२० देखि नै मजदुर संगठनहरूले तलब वृद्धिको माग गर्दै आएका छन् । तर कोरोनाको कारणले तलब वृद्धिको विषय अगाडि आएको थिएन ।
मलेसियाका मजदुर संगठनहरूले प्रत्येक २ वर्षमा न्यूनतम पारिश्रमिकको पुनरावलोकन हुनुपर्ने माग गर्दै आइरहेका छन् ।

नेपालबाट युएई जानेलाई नेपाली भाषामै प्रशिक्षण दिन राजदूत ढकालको सुझाव

नेपालबाट युनाइटेड अरब इमिरेट्स (युएई) आउने नेपालीलाई नेपाली भाषामै प्रशिक्षण दिन कम्पनीहरूलाई यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालको सुझाव दिएका छन् ।

बैदेशिक रोजगारीको सिलसिलामा त्यहाँ कार्यरत रहेका नेपाली नागरिकको हकहित सुनिश्चित गर्ने एवम् सुरक्षित कार्य वातावरण निर्माण गर्ने सम्बन्धमा युएईका सम्बन्धित कम्पनीका प्रतिनिधिहरूसँग अबुधाबीस्थित नेपाली दूतावासले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रम राजदूत ढकालले यस्तो सुझाव दिएका हुन् ।

युएईमा रोजगारीमा आउने नेपाली नागरिकको हकहितको सुरक्षा एवम् प्रवर्द्धन गर्न नेपाली दूतावास सदैव सक्रिय रहेको उल्लेख गर्दै रोजगारदाता कम्पनी र दूतावासबिच नियमित छलफल तथा समन्वय हुन् उपयुक्त हुने उनले बताए ।

उनले नेपालबाट आउने नागरिकलाई नेपाली भाषामै प्रशिक्षण दिनसमेत कम्पनीहरूलाई सुझावसमेत दिएका छन् । कार्यक्रममा सहभागी प्रतिनिधिहरूले नेपालबाट वैदेशिक रोजगारीमा आउँदा कम्पनीले बेहोर्ने खर्चका अतिरिक्त ठुलो रकम तिरेर नेपालीहरू आएको भेटिएको बताउँदै यस्तो अनावश्यक आर्थिक व्ययभार रोक्न पहल गर्नुपर्ने सुझाव दिएका थिए।

नेपाली कामदारहरू लगनशील, इमानदार र परिश्रमी रहेको उल्लेख गर्दै यस्ता कामदारलाई प्रस्थानअघि आवश्यक तालिम प्रदान गरिनुपर्नेमा जोड दिएका थिए।

सहभागीहरूले समयमा तलब पाउने, तोकिएको बिदा दिनेलगायत सम्झौता पत्रमा उल्लेख गरिए अनुरूपका सेवा-सुविधा उपभोग गर्ने विषयमा सबैले जोड दिनुपर्ने बताएका थिए। साथै, दूतावासबाट गरिने माग प्रमाणीकरण तथा भिसा प्रमाणीकरणको कार्य अनलाइन प्रणालीमार्फत गर्नुपर्ने उनीहरूको सुझाव थियो।

उक्त कार्यक्रममा मिनिस्टर काउन्सेलर विशाल भट्टराईले सुरक्षित वैदेशिक रोजगारको लागि नेपाल सरकारले गरेका प्रयासहरूको बारेमा जानकारी गराउँदै युएई आउने नेपाली नागरिकको सुरक्षा तथा सेवा सुविधाका विषयमा दूतावास क्रियाशील रहेको बताए ।

श्रम काउन्सेलर निर्मला थापाले कामदारको भर्ना प्रक्रिया, नेपाली नागरिकले कम्पनीबाट पाउने सेवा सुविधा, काम गर्दा आइपर्ने कठिनाइलगायत नेपाली दूतावासबाट सम्पादन गरिने कामका विषयमा द्विपक्षीय साझेदारी आवश्यक रहेकोले यस अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको बताउँदै आगामी दिनमा यस्तै प्रकृतिका कार्यक्रमलाई निरन्तरता दिने बताइन् । उक्त कार्यक्रममा युएईस्थित विभिन्न रोजगारदाता कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।