हार्दिक श्रदान्जली !! कुवेतमा २७ वर्षिय एक युवकको हृदयघातबाट मृत्यु

रामेछाप खबर संवाददाता

२४ मंसिर, काठमाडौं ।

सांकेतिक तस्विर
कुवेतमा अर्घाखाँचीका राजकुमार खड्काको निधन भएको छ । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका २७ वर्षिय राजकुमार खड्काको हृदयघातका कारण निधन भएको हो।

अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. २, निपाने स्थायी घर भएका खड्काको ०५ डिसेम्बर २०२१ का दिन कोठामा सुतेकै अवस्थामा निधन भएको उनका साथीले जानाकारी अर्घाखाँची बुलेटिनलाई जानाकारी दिएकाछन्।

मृतक वैदेशिक रोजगार लागि सन् २०१६ मा कुवेतको रेफ्रीजेरेसन इन्डस्ट्रीज एण्ड स्टोरेज कम्पनीमा काम गर्दै आएका थिए । उनको घरमा श्रीमती र एक छोरा छन ।

घटनाको प्रारम्भिक जानाकारी र आवश्यक विवरण कुवेत नेपाली एकता समाजका महासचिव खुम रायामाझीले नेपाली राजदुतावास कुवेतका द्वितिय सचिव श्रीकृष्ण सिलवाललाई दिएपछी राजदुतावासले मृतकलाई नेपाल पठाउँने प्रक्रियाको लागी अहोरात्र खटिएको थियो।

राजदुतावासका अनुसार मृतक खड्का आफुले काम गरिरहेको कम्पनीबाट भागी अवैधानिकरुपमा रहेको हुँदा केही कानुनी प्रक्रिया पुरा गरी उनको शव आज कतार एयरवेजको उडान नं. QR1087 बाट दोहा र त्यहाँबाट उडान नं.QR0616 बाट भोली नेपालको समय अनुसार २ः४५ वजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने गरी पठाउँन लागिएको छ।

कुवेतमा अवैधानिकरुपमा रहेका राजुको हृदयघातबाट मृत्यु भएपछी विभिन्न कानुनी समस्याका वावजुद पनि उनको शवलाई छिटो नेपाल पुराउँने प्रर्कियाको लागी भौतिकरुपमा निरन्तर खटिरहनु हुने नेपाली राजदुतावासका द्वितिय सचिव श्रीकृष्ण सिलवाल र राजदुतावास परिवारलाई कुवेत नेपाली एकता समाजका महासचिव खुम रायामाझीले विशेष धन्यावाद ज्ञापन गर्नुभएको छ। अर्घाखाँचीबुलेटिन