प्रचण्डले दिए राजेन्द्र लिङ्देनलाई कडा जवाफ- ‘साथी हो, तानाशाही जन्माउने षड्यन्त्र हुँदैछ बुझौँ’

रामेछाप खबर संवाददाता

२४ मंसिर, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रकका निम्ति शान्तिको संघर्ष गर्नेहरुमाथि बदनाम गरेर तानाशाही जन्माउने षड्यन्त्र भइरहेको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटनमा मन्तव्य प्रस्तुत गर्ने क्रममा अध्यक्ष प्रचण्ड लोकतन्त्रका निम्ति लड्ने दलहरुलाई बद्नाम गरेर तानाशाही ल्याउन खोजेको बताए ।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गाउँमा नेताहरु आए चोर आयो भन्ने गरेको भन्दै देशमा राजतन्त्र पुनःस्थापना हुनुपर्ने विचार प्रस्तु गरेका थिए ।
लिङ्देनको उक्त भनाइप्रति आपत्ति जनाउँदै अध्यक्ष प्रचण्डले त्यो साँचो नभई बद्नाम गर्न खोजेर तानाशाही जन्माउन खोजिएको बताए ।

प्रचण्डले भने, ‘अघि विचार प्रस्तुत गर्र्ने क्रमम यहाँ एक जना वक्ताले अहिले गाउँ घरमा नेताहरु आए भने चोर आयो भन्छन् जनताले भनेर भन्नुभयो । तपाईहरुले सुन्नुभयो । यो साँचो हो त साथीहरु । होइन, गलत हो । यो केको निम्ति भनियो । जतिबेला लोकतान्त्रिक राजनीतिक दल र लोकतन्त्रकका निम्ति शान्तिको संघर्ष गर्नेहरुमाथि बदनाम गर्न खोजिन्छ त्यहाँ तानाशाही जन्माउने षड्यन्त्र हो भनेर बुझ्न जरुरी हुन्छ । कहीँ न कहीँ तानाशाही त्यसरी आउने गर्छ । त्यसैले सतर्क हुन जरुरी छ ।’
अध्यक्ष प्रचण्डले देश संघीय, लोकतान्त्रिक। गणतन्त्रको प्रक्रियामा अघि बढिरहेको तर, यसबीचमा खतराहरु मडारिरहेको पनि बताएका छन् । यसैगरी भारतीय जनता पार्टीका नेताको भनाइमाथि पनि अध्यक्ष नेताले टिप्पणी गरेका छन् । प्चण्डले बोल्नुअघि भाजपाका नेताले एउटै मञ्चमा यति धेरै प्रधानमन्त्री एउटै मञ्चमा बसेको नदेखेको भनेर आश्चर्य व्यक्त गरेका थिए ।

त्यस सन्दर्भमा प्रचण्डले भने, ‘भाजपाका नेताले बडो आश्चर्य व्यक्त गर्नुभयो– एउटै मञ्चमा यति धेरै प्रधानमन्त्री देखेको थिइन । उहाँ भर्खरै जानुभयो । तर, म उहाँलाई के सुखद समाचार सुनाउथे भने– सबै प्रधानमन्त्रीहरु एकले अर्कालाई प्रधानमन्त्री बनाएका हुन् । यो अनौठो संस्कृती नेपालमा देखिएको छ । विचार, राजनीतिमा चर्काे रुपमा प्रस्तुत भएका छौँ । यो पनि मैले भन्न खोजेको थियो । तर, हेर्नुहुन्छ होला ।’