मलेसिया जनवरी १ देखि विदेशी पर्यटकका लागि खुल्ने

रामेछाप खबर संवाददाता

२४ मंसिर, काठमाडौं ।

मलेसियाले अन्तर्राष्ट्रिय पर्यटकका लागि जनवरी १ देखि बोर्डर खुला गर्ने भएको छ । कोरोना सङ्क्र’मण रो’कथामका लागि लगाएको प्रतिब’न्ध खुकुलो बनाउँदै मलेसियाले १ जनवरी २०२२ देखि विदेशी पर्यट’कका लागि आफ्नो अन्तर्राष्ट्रिय बोर्डर खुला गर्ने खबर द स्टा’रले लेखेको छ ।

को’रोना महामा’री रोकथामका लागि लगाइएको प्रतिब’न्धका कारण अन्तर्राष्ट्रिय यात्रामा प्रतिब’न्ध लगाउँदा त्यसको असर पर्यटन क्षेत्रमा परेको मलेसियाको ठहर छ । पर्यटक क्षेत्र एकदमै सुस्ताएको भन्दै यसलाई अघि बढाउन मलेसियाले विभिन्न मापद’ण्डसहित पर्यटकका लागि खुला गर्न लागिएको खबरमा उल्लेख छ ।

को’रोना सङ्क्र’मण दर घट्दै जाँदा खाडीका देशहरूले पनि को’रोना सङ्क्र’मण रोकथा’मका लागि लगाएको प्रतिब’न्ध खुकुलो बनाउँदै लगेका छन् । महा’मा’रीपछि पर्यटकका लागि मलेसियाले आफ्नो बोर्डर खुला गर्ने निर्णय गरे पनि विदेशी कामदार लिनेबारे भने मलेसियाले औपचारिक रूपमा कुनै निर्णय गरिसकेको छैन । उज्यालो अनलाइन बाट

इरानको आणविक भट्टीहरूमा आक्रमणको तयारीका लागि अभ्यास गर्दै इजरायल

इरानमा रहेका आणविक भट्टीहरूमा आक्रमणको तयारीका लागि हवाई अभ्यासका लागि इजरायलले योजना बनाएको छ । अमेरिका र इरानबीचको आणविक वार्ता विफल भएमा के गर्ने भनी इजरायल र अमेरिकाका रक्षाप्रमुखहरूबीच भेटघाट हुने भएको छ ।

इजरायलको अभ्यास सन् २०२२ मा गरिनेछ र त्यसमा एफ–३५ स्टेल्थ बमवर्षक विमानहरू पनि संलग्न गरिनेछ । भूमध्यसागरमाथि ६०० माइल उडेर ती विमानहरूले इरानका आणविक भट्टीमा आक्रमणको अभ्यास गर्नेछन् ।

इजरायलका आवास तथा निर्माणमन्त्री जीव एल्किनले अभ्यासको लक्ष्य सबै किसिमको स्थितिका लागि तयार रहनु हो भने । आफूहरूले इरानलाई आणविक हतियारसम्पन्न मुलुक बन्न नदिने उनले बताए ।

तेहरानले आणविक महत्त्वाकांक्षा प्रकट गरेपछि इजरायल र इरान दशकौंदेखि आमनेसामनेको स्थितिमा छन् । इरानले आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका साथ सञ्चालन गरिरहेको बताएको छ भने इजरायलले चाहिँ आणविक हतियार बनाएर इरानले आफूमाथि आक्रमण गर्न लागेको दाबी गरेको छ ।