पत्रिकामा टाँसिएको खानेकुरा खानुहुन्छ ? क्यान्सर होला, पुरा पढ्नुहोस्

रामेछाप खबर संवाददाता

२३ मंसिर, काठमाडौं ।

बाटोमा उभिएर चनाचटपटे खान त मजा लाग्ला तपाईंलाई । पत्रिकाको चुच्चे भाँडो बनाएर चटपट खाने गर्नुभएको होला । अनि कहिलेकाहीँ अल्मुनियम फोइल वा प्लास्टिक नभेटेर पत्रिकामै रोटी बेर्ने गर्नुभएको होला ।

यसो गर्नु स्वास्थ्यको दृष्टिकोणले हानिकारक छ । पत्रिकामा प्रयोग हुने मसीमा स्वास्थ्यलाई हानि गर्ने बायोएक्टिभ तत्व हुन्छन् । यसरी पत्रिकामा टाँसिएको खानेकुरा खाँदा क्यान्सर पनि हुन सक्छ । मसीमा हानिकारक रंग र त्यसको रसायनमा माइक्रो अर्गानिजम हुन्छ जसले स्वास्थ्य बिगार्छ ।

रिसाइकल गर्न मिल्ने कागज र कार्डबक्स पनि खतरनाक नै हुन्छन् । यिनमा फ्थालेट नामक विषालु रसायन हुन्छन् जसले पाचन प्रणालीलाई बिगार्छन् । यिनीहरूले बूढा र बच्चालाई क्यान्सर समेत गराउँछन् । खानेकुरा कहिलेपनि पत्रिकामा बेरेर राख्नु हुँदैन ।

हामीले किन खाने हरियो धनियाँ ? यस्ता छन् फाइदा

हरियो धनियाँ स्वाद र सुगन्धको लागि भान्सामा प्रयोग गरिन्छ जसले तरकारीलाई स्वादिलो र वास्नादार बनाउँछ । यसले भान्सालाई सुगन्धित मात्र बनाउने होइन यसबाट अन्य धेरै खालका फाइदा पनि छन् । हरियो धनियाँ खाँदा अरुचिका समस्या भएकाहरुलाई निकै फाइदा हुन्छ । त्यसका लागी चटनी वा तरकारीमा धनियाँ मिसाएर खाँदा फाइदा हुन्छ ।

शारीरिक रुपमा कमजोर हुनु भएको छ भने धनियाँको जुस पिउनुस् निकै फाइदा हुन्छ । त्यस्तै आखाका समस्या भएकाहरुले पनि हरियो धनियाँ प्रयोग गर्दा फाइदा पुग्छ । हरियो धनियाँको प्रयोगले पाचन प्रकृयामा समेत प्रभाव पार्छ । पेटमा रहेका किटाणुलाई पनि धनियाँले मार्छ । सवैभन्दा महत्वपूर्ण कुरा हरियो धनियाँ खादा रगल शुद्ध हुन्छ वा यसले शरीरमा रगतलाई शुद्धीकरण गर्न सहयोग गर्छ ।