रामेछापको दुरागाउँबाट आयो यस्तो दुखद खबर !

रामेछाप खबर संवाददाता

२२ मंसिर, रामेछाप ।

रामेछापको लिखुतामाकोसी गाउँपालिका–१ दुरागाउँमा बाटोमा हिडने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । तीन साता अघि दुरागाउँको बसेरीमा ट्याक्टर पल्टिएर दुई जनाको निधन भएको घटना सेलाउन नपाउदै सोही ठाउँबाट लडेर दुरागाउँका दुर्गा बहादुर भुजेलको निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले लडेर दुर्गा बहादुर भुजेलको मृत्यु भएको खबर प्राप्त भएकाले घटनास्थलमा टोली परिचालन गरिएको रामेछाप न्युजलाई बताए । उनका अनुसार आज रात घटनास्थलमै बसेर भोली बिहान मुचुल्का गरेर मात्र पोष्टमार्टमको लागि मन्थली ल्याइनेछ ।

लमजुङमा जिप दुर्घटना : तीन जनाको मृत्यु, ६ जना घाइते !

लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ भुस्मे नजिकै कालिमाटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जिप बिहीबार बिहान साढे १० बजेतिर दुर्घटना भएको हो ।

गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा शिक्षक र विद्यार्थी छन् ।

घाइते ६ जनालाई स्थानीय, प्रहरीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याएका छन् ।
राखेपका सदस्य सचिव घिसिङलाई गृह जिल्ला रामेछापमा भव्य स्वागत

राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङ ‘टलक’लाई गृह जिल्ला रामेछापमा भव्य स्वागत गरिएको छ । सदस्य सचिव भएपछि आज पहिलो पटक गृह जिल्ला आएका उनलाई जिल्लावासीले भव्य स्वागत गरेका हुन् । रामेछापको सदरमुकाम मन्थलीमा जिल्ला खेलकुद विकास समिति रामेछापले विहिवार आयोजना गरेको कार्यक्रममा सदस्य सचिव घिसिङलाई जिल्लावासीले स्वागत तथा बधाई दिएका थिए ।

घिसिङलाई बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेत लगायत जिल्लावासीले स्वागत गर्दै बधाई दिएका थिए । उक्त कार्यक्रममा खेलकुद क्षेत्रको विकासमा आफूले नयाँ काम गरेर देखाउने बताउदै रामेछापको खेल क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।