अचानक एमाले अध्यक्ष ओलीको स्वस्थमा समस्या

रामेछाप खबर संवाददाता

२३ मंसिर, काठमाडौं ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दसौँ महाधिवेशनबाट निर्वाचित भएपछि पहिलो पटक गर्न लागेको पत्रकार सम्मेलन स्थगित भएको छ। अचानक अस्वस्थ भएपछि बिहीबार मध्यान्हलाई तय गरिएको पत्रकार सम्मेलन स्थगित भएको हो। उनलाई रुघाखोकी र ज्वरो आएपछि भक्तपुरको बालकोटस्थित निजी निवासमा आराम गरिरहेको सचिवालयले जनाएको छ।

अध्यक्ष ओली बिहीबार मध्यान्ह काठमाडौंको तीनकुनेस्थित रोयल पार्टी प्यालेसमा पत्रकारसँग छलफल गर्न आउने कार्यक्रम थियो। तर उक्त कार्यक्रम अन्तिम अवस्थामा स्थगित भएको छ। एमालेले यही शनिबारदेखि केन्द्रीय कमिटी बैठक बोलाएको छ। जहाँ विभिन्न १५ वटा एजेण्डा तय गरिएको छ।

एमालेले भन्यो– सर्वोच्च अदालतको आन्दोलन सुधारका लागि हैन

काठमाडौं– संघीय संसद्‌को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतमा जारी आन्दोलन न्यायालयको सुधारका लागि नभएको टिप्पणी गरेको छ।
पार्टी निकट पत्रकार संगठन प्रेस चौतारीले आयोजना गरेको कार्यक्रम (पत्रकार सम्मेलन)मा बोल्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा जारी आन्दोलन कुनै सुधारकोका लागि नभइ कसैको स्वार्थ वा पक्षको भएको टिप्पणी गरे।

एमाले स्वतन्त्र र सक्षम न्यायलयको पक्षमा रहेको बताउँदै ज्ञवालीले न्यायलयमा विकृतिहरु छन्, हट्नुपर्छ भन्ने पक्षमा रहेको, तर कोही व्यक्ति हटाउँदैमा न्यायलयको सुधार नहुने दाबी गरे।

‘आज भइरहेको आन्दोलनको मूल विषय न्यायलय सुधारको हड्ताल होइन,’ उनले भने, ‘संकटकालमा समेत रोक्न नपाइने बन्दीका मुद्दाहरु समेत रोकिएको छ। यो आन्दोलन मर्यादाभन्दा बाहिर गएको र व्यक्ति केन्द्रित भएर शुरु भएको आन्दोलनले न्यायलय सुधार गर्दैन।’

उनले एमाले सर्वोच्चबाट पीडित पार्टी भएको पनि बताए। ‘देशमा कोरोनाको महामारी हुँदा स्वास्थ्य मन्त्री राख्न पाउँदैनौ भनेर खारेज गर्ने भन्ने यही आदलत र न्यायाधीश हो,’ उनले भने, ‘हामी विपतमा छौं, तर गृहमन्त्री नराख्न सर्वोच्चले भन्यो।’

उनले अहिले अदालतको विवाद गुटको झगडाजस्तो देखिएको पनि टिप्पणी गरे। ‘कतिपय न्यायाधीशलाई कसैलाई हटाउन पाए मेरो पालो आउँछ भन्ने लागेको छ,’ उनले भने ‘कतिपय वकिललाई म उभिएपछि मुद्दा सिधै जित्छु र न्यायाधीशहरु डराउँछ भन्ने बनाउन मन लागेको छ।’

उनले कतिपय पार्टीहरु अदालतविरुद्ध आफू नदेखिने, तर छद्‌म युद्ध लडेको पनि टिप्पणी गरे। ज्ञवालीले वर्तमान सरकारले हरेक क्षेत्रलाई अलपत्र पारेको पनि दाबी गरे। विकासका सयौं योजना खारेज भएका भन्दै उनले जनताको हितमा थालिएको काम रोकिएको बताए।

सन्तुलित कूटनीतिमा व्यवधान खडा गरेर असन्तुलित पारिएको भन्दै उनले प्रधानमन्त्रीले एउटा कुरा भन्ने र सत्तारुढ गठबन्धनका अरु नेताहरु अर्को कुरा भन्ने गरेका कारण वैदेशिक सम्बन्धमा असर परेको बताए।