विराटलाई हटाएर भारतीय टिमको कप्तानमा रोहित शर्मा नियुक्त

रामेछाप खबर संवाददाता

२३ मंसिर, काठमाडौं ।

रोहित शर्मा भारतको एकदिवसीय क्रिकेटको कप्तान नियुक्त भएका छन् । भारतीय क्रिकेटको सर्वोच्च निकाय बिसीसीआईको छनोट समितिले उनलाई एकदिवसीय टिमको कप्तानमा कप्तान चयन गरेको हो ।

विराट कोहलीको स्थानमा रोहितलाई कप्तानको जिम्मेवारी दिइएको हो । उनी यसअघि उप-कप्तान रहेका थिए । यससँगै रोहितले भारतीय एकदिवसीय र टी-२० टोलीको कप्तानी गर्ने भएका छन् । टेस्टको कप्तानी भने विराटले नै गर्ने छन् । दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजअघि भारतले रोहितलाई कप्तान चयन गरेको हो ।

टोटेनहमका आठ खेलाडीलाई कोरोना संक्रमण

इंग्लिस क्लब टोटेनहमका आठ खेलाडी र ५ जना कर्मचारीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ। टोटेनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेका अनुसार युरोपा कन्फेरेन्स लिग अन्तर्गत रेनसविरूद्धको खेलअघि गरिएको परीक्षणमा खेलाडीमा कोरोना देखिएको हो।

आफ्ना प्रमुख खेलाडीलाई कोरोना संक्रमण भएपछि टोटनहम र रेनसबीच बिहिबार हुने खेल स्थगित भएको छ। कोन्टेले टोलीमा हरेक दिन कोरोनाका केश देखिएकाले भोलि के हुने भनेर अलिक डराइरहेको बताएका छन्। ‘अब, निश्चित रूपमा, हामी अलि डराउँछौं किनभने भोलि के हुन्छ हामीलाई थाहा छैन। हरेक दिन, हामीसँग पोजेटिभ केशहरू आइरहेका छन्। यो राम्रो अवस्था होइन’, उनले भने।

टोटेनहमले बिहीबार रेनससँग खेल्ने तालिका थियो। अन्तिम ३२ को सम्भावना कायम राख्न टोटेनहमलाई रेनेसविरूद्ध खेल जित्नुपर्नेछ। त्यसैगरी, टोटेनहमले आइतबार प्रिमियर लिगमा ब्राइटनविरुद्ध खेल्ने तालिका छ।