भारतीय सेना प्रमुख सवार हेलिकप्टर दुर्घटनाग्रस्त, ११ जना शव बरामद

रामेछाप खबर संवाददाता

२२ मंसिर, काठमाडौं ।

भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावत सवार रहेको भारतीय सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । भारतीय वायु सेनाको ट्वीटअनुसार एमआई–१७बी५ हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटनाग्रस्त भएको हो ।

उक्त हेलिकोप्टरमा रावत पत्नीसहित १४ जना सवार रहेको भारतीय सञ्चारमाध्यम आज तकले जनाएको छ । हालसम्म ११ जनाको शव बरामद गरिएको छ ।

दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खराब मौसमको कारणले दुघर्टना भएको पूर्वानुमान गरिएको छ । दुघर्टनाबारे विस्तृत अध्ययन गर्न भारतीय वायु सेनाले जाँचको आदेश दिएको छ ।

जेनेरल रावत १ जनवरी २०२० मा देशको पहिलो चिफ डिफेन्स अफ स्टाफ नियुक्त भएका थियो । भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) रावतको अवस्थाबारे केही पनि बताइएको छैन ।
बाह्रखरी