अध्यक्ष राजेन्द्र लिङ्देनले बोलाइको बैठकमा कमल थापा नजाने, यस्तो छ कारण

रामेछाप खबर संवाददाता

२२ मंसिर, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को निर्वाचित कार्यसमितिको पहिलो बैठक आज पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ । अहिले साढे १२ बजे नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचित कार्यसमितिको बैठक बोलाएका छन् ।

लिङ्देनले बोलाएको बैठकमा निवर्तमान थापा भने नजाने उनीनिकट निर्वाचित केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए ।

पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवास सचिवालयले आफूलाई हराएको आरोप लगाइरहेका थापा बैठकमा नजाने कारणबारे स्पष्ट कारण खुलेको छैन। सो बैठकमा राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबरा, डा। प्रकाशचन्द्र लोहनी समेत डाकिएको छ ।

ईलाका प्रशासन कार्यालय सर्केगार्डद्धारा प्रिन्ट गरेको नागरिकता दिन सुरु

सिमकोट – स्थापनाको पाँच वर्षपछि सेवाग्राहीहरुले ईलाका प्रशासन कार्यालयबाट प्रिन्टमा निकालिएको नागरिकता पाउन थालेका छन् । विद्युतको व्यवस्था नभएको कार्यालयमा सोलार जडान गरिएपछि हुम्लाको दक्षिणी क्षेत्रका चारवटा गाउँपालिकाका नागरिकले प्रिन्ट गरिएको नागरिकता पाउन थालेका हुन् ।

चंखेली गाउँपालिका–२ की उलिना शाहीले कम्प्युटरबाट निकालिएको प्रिन्टेड नागरिकता पाएको बताइन्। यसअघि तीन दिन लगाएर सदरमुकाम सिमकोटमा रहेको जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिनु पर्ने बाध्यता थियो । ईलाका प्रशासन कार्यालय सर्केगार्डले कामु कार्यालय प्रमुख पाउँदा सेवाग्राहीलाई नागरिकता लिन सहज भएको थियो ।

कार्यालयका प्रमुख भीम बहादुर रोकायाले यसअघि हातैले लेखेर नागरिता प्रदान गर्ने गरिएको भएपनि अहिले भने कम्प्ुयटर प्रिन्टरले काम गर्न थालेपछि प्रिन्ट गरेको नागरिकता प्रदान गर्न थालिएको बताए ।