साथिहरुसंग लुकामारी खेल्न निस्केकी १२ वर्षीया बालिका ब ला त्कृत, १७ वर्षीय किशोर पक्राउ

रामेछाप खबर संवाददाता

२१ मंसिर, काठमाडौं ।

प्रतिकारात्मक तस्विर
भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् । स्थानीय रातोपुलमा रहेको गहुँबारीमा १७ वर्षका किशोरले बालिकालाई बलात्कार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका इन्सपेक्टर लोक बहादुर जिसीले रातोपाटीलाई बताए ।

बलात्कारमा संलग्न रहेको आरोपमा महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको टोलीले सुनसरी घर भएका १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । बालिका आफ्ना साथीहरुसँग लुकामारी खेल्न गएकी थिइन् ।

अन्य बालबालिकाहरु खेलेर हिँडेपछि किशोरले गहुँबारीमा लगेर उनलाई बलात्कार गरेको बताइएको छ । आइतबार साढे ७ बजेतिर बलात्कार पछि उनी भागेका थिए ।उनलाई प्रहरीले सोमबार टिकाथलीबाट पक्राउ गरेको हो । घटनाबारे महानगरीय प्रहरी वृत ठिमीले अनुसन्धान गरिरहेको छ ।
रातोपाटी संवाददाता

सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर मोटरसाइकलचालकको मृत्यु

कोटेश्वर सडक किनारमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलचालकको मृत्यु भएको छ। मंगलबार बिहान करिब २ बजेतिर सडक किनारमा पार्किङ गरिएको ना.६ख ३१५८ नम्बरको ट्रकमा बागमती प्रदेश–०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल ठोक्किएको हो।

दुर्घटनामा भक्तपुर ठिमीका ३५ वर्षीय सुरज खलाको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रकमा ठोक्किएर गम्भीर घाइते भएका खलाको उपचारका क्रममा सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ। उक्त ट्रक कोटेश्वरको आकासेपुलनजिकै सडक किनारामा पार्किङ गरिएको थियो। ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।