नर्सको गल्तीले दुई बच्चालाई फाइजर खोप लगाइएपछि…

रामेछाप खबर संवाददाता

एजेन्सी, २० मंसिर ।

ब्राजिलमा दुई नवजात शिशुलाई नर्सको गल्तीले कोरोना भाइरसको खोप लगाइएको छ । कोरोना भाइरसको खोप लगाइदा दुई बच्चाहरुको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गर्न परेको छ ।

दुई महिनाकी बालिका र चार महिनाका बालकलाई डिप्थेरिया, टिटानस (खोकी), पर्टुसिस (खोकी) र हेपाटाइटिस बी विरुद्ध दिइने औषधिको सट्टा कोभिड–१९ फाइजर खोप दिइएको थियो ।

खोप दिने नर्सलाई अस्थायी रूपमा निलम्बन गरिएको छ। यसका साथै प्रशासनिक छानबिनका लागि पनि निर्देशन दिइएको छ । दुबै बच्चाहरूलाई फाइजर भ्याक्सिनको गम्भीर असर देखिएपछि उनीहरूलाई अस्पतालमा भर्ना गर्नुपरेको हो । युओला मिडिया आउटलेटले आइतबार यस बारेमा जानकारी दिएको हो ।

फाइजर खोप धेरै देशहरूमा छ वर्ष मुनिका बालबालिकाका लागि स्वीकृत गरिएको छ। ब्राजिलको स्वास्थ्य नियामक एन्भिसाले जुनमा १२ वर्षभन्दा माथिका बालबालिकाका लागि फाइजर/बायोएनटेक Covid-19 Vaccine लाई अनुमोदन ग¥यो।

प्रजातान्त्रिक नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय

नोबेल पुरस्कार विजेता म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ। बीबीसीका अनुसार ७६ वर्षीया सुकीलाई एक अदालतले चार वर्षको जेल सजाय सुनाएको हो ।

सुकीलाई सेनाविरूद्ध नागरिकलाई उक्साएको, कोभिड-१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै अदालतले जेल सजाय सुनाएको जनाइएको छ। उनीमाथि सेनाले भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायत धेरै आरोप लगाएको छ।

दक्षिणपूर्वी एसियाली देशको छोटो लोकतान्त्रिक प्रयासलाई अन्त्य गर्दै गत फेब्रुअरीमा सैन्य कू भएको थियो । यसैसँगै फेब्रुअरी १ मा सुकीलाई अपदस्थ गरी हिरासतमा राखिएको थियो ।सो समय म्यानमारमा जारी रहेको सेनाविरुद्धको प्रदर्शनको क्रममा १२०० भन्दा बढी मानिस मारिएका थिए । दश हजार भन्दा बढी पक्राउ परेका छन् ।