कमल थापाले प्रयोग गरेको कोठा किन प्रयोग गरेनन लिङ्देनले ?

रामेछाप खबर संवाददाता

२० मंसिर, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आज पदभार सम्हालेका छन् । लिङ्देनले चाबहिलस्थित पार्टी कार्यालय पूजाआजा सहित पदभार सम्हालेका हुन् । पदभार ग्रहण गर्दै उनले पूर्वअध्यक्ष कमल थापाको कुर्सीलाई यथावत् राखेर आफू महामन्त्री हुँदा बस्ने गरेको कोठामै पदभार ग्रहण गरेका छन् ।

लिङ्देनले अध्यक्षको रुपमा कमल थापाले प्रयोग गर्ने गरेको कोठा प्रयोग गरेका छैनन् । थापापार्टीको अभिभावकको रुपमा रहने र उनलाई कार्यालय आउन सहज होस् भनेर उनको कोठा र कुर्सी प्रयोग नगरेको लिङ्देनले बताए । राप्रपाको एकता महाधिवेशनमा भएको निर्वाचनमा कमल थापालाई दुई सय मतअन्तरले पछि पार्दै लिङ्देन आइतबार अध्यक्ष निर्वाचित भएका थिए ।

आगामी चुनावमा माओवादी पहिलो दल बन्छ : कृष्णबहादुर महरा

पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा (माओवादी) पहिलो दल हुने बताउनुभएको छ । उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय उक्त दलको प्रथम सम्मेलन आइतबार शुभारम्भ गर्दै उहाँले अहिले यो दल दुप्लाएको जस्तो देखिए पनि आगामी निर्वाचनमा विसं २०६४ कै अवस्थामा फर्कने बताउनुभएको हो ।

अन्य दलमा जस्तो यस दलमा आन्तरिक कलह नभएको स्पष्ट पार्दै उहाँले आदीवासी, जनजाति, घले, गुरूङ, सबैक्षेत्रको वृहत्तर हितका लागि आफ्नो दल निरन्तर अगाडि बढ्ने बताउनुभयो । माओेवादीले ल्याएको जनहितकारी एजेण्डा पूरा गर्न बाँकी रहेकोले आफ्नो दललाई विजय गराउन उहाँले स्थानीय समुदाय माझ आग्रह पनि गर्नुभयो ।

टुक्रिएर गएका डा बाबुराम भटृराई, बैध, विप्लव समेतका साथीलाई एकता गराउन सौहार्दपूर्ण वातावरणमा वार्ता अगाडि बढिसकेकाले रसुवा जिल्लामा पनि अन्यत्र गएका सबै साथी छिट्टृै मूलघारमै प्रवेश गरी नेकपा माओवादीलाई अत्यधिक मत दिएर उचाइमा पु¥याउने महराले विश्वास व्यक्त गर्नुभयो ।

उद्घाटन सत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले) र राप्रपा परित्याग गरी माओवादीमा प्रवेश गर्ने ५२ कार्यकर्तालाई सम्मान गरिएको थियो । महराले आइतबार नै रसुवागढी नाकाकोसमेत स्थलगत अवलोकन गर्नाका साथै कोरोना सङ्क्रमणका कारण उत्पन्न असरका बारेमासमेत जानकारी लिनुभयो ।